भारतीय हस्तक्षेपका विरुद्ध युवा विद्यार्थीहरुले गरे विरोध प्रदर्शन,संसदभवन अगाडिबाट १० जना पक्राउ

काठमाडौं,बैशाख २८ । पछिल्लो पटक भारतले गरेको हस्तक्षेप तथा सीमा अतिक्रमणका विरुद्ध नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) का विद्यार्थीहरुले विरोध प्रदर्शन गरिरहेका छन् ।

 

प्रहरी हस्तक्षेप र दमनका बाबजुद युवा विद्यार्थीहरुले प्रदर्शन गरेका थिए । शनिबार माइतीघर मण्डलामा प्रदर्शनको क्रममा संघर्ष दाहाल, हिक्मत महरा लगायत १३ जना विद्यार्थी नेताहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।


आइतबार छुटे लगत्तै उनीहरुले संसद भवन अगाडि प्रहरी दमन र धरपकडका बाबजुर विरोध प्रदर्शन गरे । भारतिय अतिक्रम र नेपाल सरकारको लाचारीता बिरुद्ध एवम् संसदहरुको ध्यानाकर्षण गर्न सामाजिक दुरी कायम गर्दै संसद भवन अगाडि गरिएको शान्तिपूर्ण बिरोध प्रदर्शनमाथि प्रहरीले हस्तक्षेप गरेर संघर्ष दाहाल, हिक्मत महरा लगायत १० जना युवा विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

भारतले नेपाली भूमि हुँदै तिब्बतको मानसरोवर जोड्ने सडक बनाएको विरोधमा आइतबार पनि ठाउँठाउँमा विरोध प्रदर्शन भइरहेको छ।