भारतीय विस्तारवादको विरोध र राष्ट्रिय स्वाधीनताको रक्षाको माग गर्दै विरोध प्रर्दशन

 काठमाडाैं,बैशाख ३०।जारी लकडाउन कै समयमा पनि भारतीय विस्तारवादको विरोध र राष्ट्रिय स्वाधीनताको रक्षाको माग गर्दै सिन्धुलीको भिमानमा विरोध कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा स्थानीय युवा, विद्यार्थी र जनता समेतको उल्लेखनिय उपस्थिति रहेको थियो।

 

प्रहरी प्रशासनले कार्यक्रम लाई रोक्ने प्रयास गरे पछि केही समय प्रहरी र युवाहरुको बिचमा सामन्य विवाद समेत भएको थियो । जुलुस सहित बजार परिक्रमा पश्चात् सहिद स्मृति पार्कमा पुगेर कार्यक्रम कोणसभामा रुपान्तरण भएको थियो।

 

कोणसभा लाई सम्बोधन गर्दै अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका महासचिव वसन्त बोगटीले राष्ट्रिय स्वाधीनता र सिमा बचाउ आन्दोलनमा यो सुरुवात भएको बताउदै आफ्नो देशको स्वाधिनता जोगाउन युवाहरु वलिदानको लागि समेत तयार रहेको टिप्पणी गर्नु भएको थियो । बोगटीले “नेपाली जनता कोभिड-१९को विश्वव्यापी महामारी र राष्ट्रिय स्वाधीनताको संघर्षमा एक साथ जुधिरहेको छ । यद्यपि हाम्रो सरकार लाचर छ ।

राष्ट्रघात र भ्रष्टाचार यो सरकारको विशेषता भएको छ । अब नेपाली जनता एकताबद्ध भएर लड्नुको विकल्प नभएको” विचार राख्नु भयो । साथै जारी बन्दाबन्दिको कारणले मजदुरहरुले अहिले अपुर्व संकटको सामान गरिरहेकोले मजदुर वर्गको पक्षमा तुरुन्तै विशेष राहतको कार्यक्रम घोषणा गर्न सरकार संग माग समेत गर्नु भयो ।

 

जुलुस को क्रममा भारतीय विस्तारवाद-मुर्दावाद ! राष्ट्रिय स्वाधीनताको रक्षा गरौं ! कालापानी-लिपुलेक- लिम्पियाधुरा- हाम्रो हो ! भारतिय सेना-कालापानी छोड ! Go Back India ! सम्पुर्ण देशभक्त नेपाली- एक होऔं ! जस्ता गगनभेदि नाराहरु समेत लगाइएको थियो।