प्रहरीले पिडित पक्षको उजुरी नलिदा कालिकोटको पलाता प्रहरी चौकी घेराउ

 कमल कोपिला

कालिकोट,बैशाख ३० | कालिकाेटको पलाँता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बम, उहाँकी धर्मपत्नी गोरिकला बम र भतिजा गजेन्द्र बममाथि आक्रमण गर्नेहरुको विरुद्ध दिएको उजुरी प्रहरिले नलिए पछि पिडित पक्षले नाराबाजी गरेका थिए।

 

मंगलबार स्थानीयले दोषीमाथि कारबाहीको माग गर्दै पलाँता प्रहरी चौकी घेराउ गरेका हुन्। आइतबार जिल्ला प्रहरी कार्यालय कालिकोटले पीडितको तर्फबाट उजुरी लिन नमानेपछि स्थानीयले चाैकी घेराउ गरेकाे पुर्णसिंह बमले जानकारी दिएका छन ।

 

बमका अनुसार आन्दोलनमा उत्रेका स्थानीयहरुले अधयक्ष बमको टिममाथि आक्रमण गर्नेहरुलाई तत्काल कारबाही गर्न र उनीहरुका विरुद्धमा दिएको जाहेरी लिन प्रहरी समक्ष माग गरेका छन्।