आज मिति २०७७ साल बैशाख ३१ गते बुधबार पशुपतिनाथको दर्शन गरि आजको राशिफल पढ्नुहोस्

मेष-आज धनार्जनका नयाँ योजना र स्रोतहरू पत्ता लाग्नेछन् । लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुन सक्छ।

 

बृष-आज शुभ समाचार सुन्न पाइनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ।

 

मिथुन-शैक्षिक क्षेत्र कमजोर नै रहला । अनावश्यक खर्च हुने र मानसिक चिन्ता वढ्नेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ।

 

कर्कट-आज सहयोगी हातहरू अघि बढ्नेछन् । आफन्तको सफलता र प्रगतिमा मन रमाउनेछ । पुनर्मिलनको योगपनि रहेको छ।

 

सिंह-आज धर्म कर्म र सामाजिक कार्यमा मन जानेछ । साहित्यिक क्षेत्रमा रूची बढ्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ।

 

कन्या-मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । आम्दानी बढाउने योजना गर्न सकिनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ।

 

तुला-आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । स्वास्थ्यमा धन खर्च हुनेछ । शैक्षिक क्षेत्रपनि कमजोर रहने देखिन्छ।

 

बृश्चिक-आज मनोरञ्जन पूर्ण दिन रहनेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुनेछन्।

 

धनु-साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । धार्मिक कार्यमा मन जानेछ । व्यावसायिक काममा राम्रै हुने र योजनापनि बन्नेछ।

 

मकर-आँटेको र ताकेको कार्य अघि बढ्नेछ । पारिवारिक सहयोग र सद्भाव बढ्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ।

 

कुम्भ-विद्या र बुद्धिको ह्रास हुनेछ । झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ, तर शुभ कार्यको चर्चा चल्नेछ।

 

मीन-धर्म‚ कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । जोश जाँगर र हिम्मत बढ्ला । बन्धु बान्धवबाट सहयोग मिल्नेछ।