देशको सिमाना घट्दै छ,कोरोनाको संख्या बढ्दै छ,सरकार सत्ताको लागि लड्दै छ ?

देशको सिमाना घट्दै छ, सिमानाको विषयमा लामो इतिहासकालदेखि भारतले आफ्नो दादागिरी देखाउदै आईरहेको छ। यो सबैलाइ जानकारी छ अहिलेको बिकराल परिस्थितिमा लिपुलेक,कालापानी,लिम्पुवाधुराको विषयमा सरकारलाइ कुनै जानकारी छैन भन्नु लाज पचाउने कुरा हो ? यसको बिवादका विषयमा २००७ सालदेखि २०७६सम्म हाम्रा सबै पार्टीका राष्ट्रभक्तिका खोल ओडेका आदरणीय नेताहरुले कत्ति सम्म के गरे भन्ने कुरा आत्म समिक्षा गरौ र अबको बाटोमा हेरौ सबै नेताहरुको कुटनीतिक पहल र योग्यता कस्तो रहेन्छ यदि देखाउन सक्दैनन भने राष्ट्रियताको नाङ्गो खोल ओड्न कोसैलाइ छुट छैन नत्र युवा वर्गले नया क्रान्तिको सुरुवात गर्नेछन् र देशको लागि एक पाहिला पनि पछि हट्ने छैन।

यो बुझीराख्नु नेतृत्वपंत्तिमा रहेका सम्पूर्ण नेता ज्यूहरुले चुनौतिको बिषय हो प्रधानमत्रीहरु जत्ति पनि मन्दिरको टिका लाएर गर्भ गर्नु भो त्यो भन्दा अब नेपालको माटोको टिका लागाइ गर्भ गर्ने दिन अाएका छन्।हिजो जनताको सक्ति बिर्सिनु भयो अब जनतानै प्रधानमन्त्रिको सक्तिको श्रोत हो भनेर परिणाममुखी गराउनु भएन भने अब आउने दिनमा कुन टिका लाउनु पर्छ आफै सोच्नु होला,मन्दिरको टिका भन्दा देशको टिका धेरै महत्वपूर्ण हुन्छ।

 

देशको जमिन एक इन्च घट्न कुनै हालतमा दिइने छैन र कसैको जमिन लिइने पनि छैन,कोरोना भइरसको संख्या बढ्दै छ।विश्वका ठुल – ठुला सक्ति राष्ट्रहरुले यो माहामारी विरुद्धकाे लडाइमा हार खाईसकेका छन्।  त्यसैले हाम्रो देशमा पनि दिनहुदिन संक्रमितको संख्या बढ्दै गएको छ। भने अर्को तर्फ सरकार र नगरिकिक बीच धेरै कमीकमजोरीहरु भै रहेका छन्।

यसले भयावह रुप लिन सक्छ नेपालमा पहिलो संक्रमण २०७६ माघ ९ गते देखियो ,त्यसपछि दोश्रो संक्रमण झन्दै दुइ महिनापछि देखियो त्यसपछि ५० बाट १०० पुग्न ११ दिन लाग्यो,१०० बाट १३४ पुग्न ४ दिन लाग्यो भने १३४ बाट २१७ पुग्न केही घण्टा मात्र लग्याे यति हेरे पुग्छ हामी कति खतरामा छौ भन्ने कुरा तर यस्तो बेला राष्ट्रयताकाे नाङ्गो खोल ओडेर नाराबाजी गर्ने बानेश्वोर,माइतीघर र अन्य ठाउँमा बिरोध गरेर कोरोना फ्याकट्री उत्पादन गर्ने झोले राष्ट्रवादिहरुलाइ सरकारले नियन्त्रणमा लिएर क्वारेन्टाइन मा राख्नु पर्छ।

किन कि अहिले सुरक्षित हुन जरुरी छ देशभक्तहरु। सरकारको योग्यतामा धैर्य गरौ अझै पनि तपाई हाम्रो राष्ट्रयता देखाउने समय आउने छ। अनि रगत बगाउनु परे बगाउल ज्यानकै बाजी थाप्नु परे थापौला अहिले भनेको आफु पनि सुरक्षित होउ अरुलाई पनि सुरक्षित बनाऊ,कोरोनाको संख्या नियन्त्रण गर्न सरकारले अझै कडाइका साथ लाग्न जरूरी देखिन्छ। परिक्षणको दायरा बढाएर नागरिकमा सकारात्मक सन्देश दिएर यो महामारी विरुद्धकाे लडाइलाइ जित्नु पर्छ किन भने यो दिनहुदिन भयावह स्थिति बन्दै गैरहेको छ, त्यसैले सचेत रहौ, सरकार सत्ताको लागि लड़दै छ, देशप्रेम र  राष्ट्रवादमा फरक छ,अहिलेकाे राष्ट्रवाद सत्ताको राजनीति हो ,यो चुनाबमा जागृत हुन्छ।

सत्ताको न्यानोमा हुर्किन्छ,मस्तीगर्छ,हेली चढ्छ । तर देशप्रेम सत्ताको राजनीति होइन,यो सिमानाको प्रेम हो ,यो जनताको एकता र गौरब हो ,अन्त्यमा अब राष्ट्रवाद मात्र हाेइन,देशप्रेम खोजौ ! जय देश ! जय युवा ! जय नेपाल !