महाराजगञ्जस्थित शिक्षण अस्पतालमा एक जनामा कोरोना पुष्टि

काठमाडौँ, जेठ १ । काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका एक बिरामीमा कोरोना भाइरस रोगको पुष्टि भएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा न्युरो सर्जरी वार्डमा एक हप्ताअघि भर्ना भएकी ६ बर्षकी बालिकामा कोरोना संक्रमण देखिएको हो।

 

शिक्षण अस्पतालमा शल्यक्रिया गर्नका लागि भर्ना गरिएकी बालिकामा कोरोना पोजेटिभ देखिएपछि अहिले त्यहाँ कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, अन्य बिरामी तथा तिनका कुरुवाहरु त्रसित भएका छन् ।

 

उनलाई वैशाख ३० गते भर्ना गरिएको त्रिवि अस्पतालस्थित उच्च स्रोतले जानकारी दिएको छ । उनलाई इएनटीको ओपीडीमा जाँच गरिएपछि शल्यक्रियाका लागि भर्ना गरिएको थियो ।