पलाँता गाउँपालिका अध्यक्ष बमद्वारा सुर्खेतमा राहात बितरण

 सुर्खेत,जेष्ठ ०१  | कालिकोट जिल्ला पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बम अहिले सुर्खेतमा राहात बाड्न थालेका छन् । लकडाउनका कारणले सुर्खेतमा समस्यामा परेका पलाँता गाउँपालिकाका विद्यार्थी र अन्य समूदायलाई उनिहरुको कोठामै पुगेर अध्यक्ष बमले व्याक्तिगत तर्फबाट खाद्यन्न सहयोग गरेका हुन् ।

 

‘लकडाउनका कारणले पढ्नको लागि सुर्खेत पुगेका विद्यार्थीहरु र श्रम तथा रोजगार गर्न गइ समस्यामा परेको सुन्ने वित्तिकै आफ्नो व्याक्तिगत रुपमा समस्यामा परेकाहरुलाई राहत स्वरुप खाधान्न अन्तर्गत: एक बोरा चालम र दुई पोका तेलको परिमाणमा सबैलाई अध्यक्ष बमले बितरण गरेर सहयोग गरेको बताएका छन।

 

अध्यक्ष बमले भने, “विद्यार्थीहरु बाहेक अरु पनि समस्या पर्नु भएको थाहा पाउने बित्तिकै आफै कोठा कोठामा पुगेर राहात स्वरुप सहयोग गरेको बताएका छन। र लकडाउनका कारण समस्यामा परेका बिर्धार्थीले भने आफू यस्तो समस्यामा परेका बेला मनकारी अध्यक्ष आएर यसरी राहात पाएकोमा खुशी ब्यक्त गरेका थिए।