आज मिति २०७७ साल जेठ २ गते शुक्रबार भगवानको दर्शन गरि आजको राशिफल पढ्नुहोस्

मेष-आज शुभकार्यको चर्चा चल्नेछ । छोटो पैदल यात्राको योग रहेको छ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । राज्यबाट मान सम्मान पाइनेछ ।

 

बृष-प्रेममा सफलता पाईनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

 

मिथुन-साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । वैदेशिक कार्य अघी बढ्ला । काम गर्ने जोश, जाँगर र उमङ्ग बढ्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

 

कर्कट-महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । अनावश्यक ठाउँमा धन खर्च होला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्छ, तर वैदेशिक क्षेत्र सबल रहनेछ ।

 

सिंह-बन्धु बान्धवबाट सहयोग मिल्नेछ । घरमा अतिथीको आगमन हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । नयाँ व्यक्ति संग भेटघाट हुनेछ ।

 

कन्या-स्वादिष्ट भोजन पाईनेछ । शुभ समाचार सुन्न पाइएला । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । व्यापार व्यवसायमा भने लाभ नहोला ।

 

तुला-आज स्वादिष्ट खानापिन मिल्ला । विश्वास गरेकाले साथ दिनेछन् । नजिकको व्यक्तिबाट आँटेको कार्यमा सफल भइनेछ ।

 

बृश्चिक-तिर्थाटनको योगछ । प्रणयसम्बन्ध र रतिराग बढाउने समय रहेको छ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । शुभकार्यको चर्चा चल्नेछ ।

 

धनु-आज दैनिक कार्यमा प्रगति हुनेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला ।

 

मकर-औपचारिकतामा अल्लि बढी व्यस्त रहन पर्नसक्छ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । प्रेमीरप्रेमिकाका बिच खिन्नता बढ्नेछ ।

 

कुम्भ-नयाँ कामको थालनी हुनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । रमणीय र सुखद यात्राको योग छ । गरेको कार्यमा सफलता पाइएला ।

 

मीन-सरकारी निकाएको भय रहला । प्रेममा बाधाका साथै मन कमजोर रहनेछ । विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ ।