नेविसंघका नेता नेत्रविक्रम शाहीको प्रधानमन्त्रीलाइ खुल्लापत्र: लिपुलेक,लिम्पियाधुरा र कालापानी हाम्रो भुमी हो ?

सम्माननिय प्रधानमन्त्री ज्यू अहिले विश्वका सबै जस्ताे मुलुक काेराेना भइरस कोभिड-१९ को महामारी सँग लडिरहेका छन्।याे महामारी सँग हामी नेपाली पनि अछुताे रहेका छैनाै। अनि तपाईंको कमजाेर स्वास्थ्य चुनाैति सँगै सामना गर्दै आत्म विश्वासका साथ अगाडि बढेर देशको रक्षा गरिनु पर्दछ। तपाइले आफ्नो जिम्मेवारी पुरागर्न खोज्न नेपालि जनतालाइ सुरक्षित अनुभुति दिनु हो।यो देशको नेतृत्व गर्नु भयको छ चुनाैती मा चुनाैती थपिनु मान्छेको जीवन को नियम नै हो ? तर समस्या मा सम्स्या थप्नु अनि देशमा आएका समस्याकाे समधान गर्न नसक्नु भनेको त्यो तपाइकाे नालायकी पनकाे उपज नै हो।

भावी आउने पुस्ताका लागि निकै ठुलाे समस्या आउन सक्छ त्याे कोरना भइरस भन्दा पनि खतरानाक हुने निश्चित देखिन्छ। त्यसैले मृत्युकाे सैयाँको मुखमा परे सरहको विशाल महामारी हुने छ ध्यान गनुहोस याद राक्नुहोस प्रधानमन्त्री ज्यू तपाइले आफ्नो जिम्मेवारीकाे पूर्णरूपमा समाल्नुहोस्  नथुपार्नुहोस हृदय फुकाल्नुहोस कोभिड -१९ को माहामारी सँगै छिमेकी राष्ट्र भारतले हाम्रो पश्चिमि सिमाना महाकाली नदि लिपुलेक, लिम्पियाधुरा र कालापानी जस्ता हाम्राे भुमीमा भारतले गिद्धे नजर लगाएर हड्पेकाे छ ,अब हामी त्याे भुमीकाे निम्ति के गर्नुपर्छ प्रधानमन्त्री ज्यू तपाइ सक्नु हुन्न भने भनि दिनुहाेस् हामी युवा लड्न तयार छाै हाेइन भने नेपाल आमा माथि अन्याय भएकाे छ तपाइ किन टुलु-टुलु हेरेर बस्नु हुन्छ।

 

   हाम्राे महत्त्वपूर्ण सुन्दर प्राकृति सम्पदामाथी हाम्राे देशमाथि हामी नेपाली नागरिकमाथी सार्बभौमसत्ता माथिको ठाडो हस्तक्षप भइ रहदा पनि अझै सहेर बस्नु पर्ने हाेर प्रधानमन्त्री ज्यू। नेपालिकाे सिर झुकेको छ वास्तविक हाम्रो कुरा के हो भने ? सरकार को काम कर्तव्य के हो ? परराष्ट्र मन्त्रालय को काम कर्तव्य के हो? हाम्रो नेपालकाे सुरक्षा निकायको दाइत्व के हो ?गृहमन्त्रालयको भुमिका के हुनुपर्ने हाे ?रक्षामन्त्रालयको गिम्मेवारी के हाे त ? अनि देशको जिम्मेवारी पदमा रहेका प्रधानमन्त्री, मन्त्रीहरू देखि कर्मचारी सम्मले जनताले तिरेको करमा हालिमुहाली गरेर सेवा सुबिधा लिएर खुसिको आनन्दको अनुभुती मात्र लिनेहोकि देश र जनताको हितको लागि काम गर्ने हाे प्रधानमन्त्री ज्यू,  तपाइले हरेक विषयका प्रसंगकाे समाधान पनि खोज्ने हो तपाईंले नेपाली जनतालाई जवाफ दिनु पर्छ जनताले स्मरण गरेकै छ्न्। तपाइले भुमी चाहिहेको कि नक्सा भनेर भनेकाे यो कुरा सायद प्रधानमन्त्री ज्यूले विर्सिसक्नु भयाेको होला तर नेपाली जनताले तपाइले बोलेको हरेक कुरा बिर्सेका छैनन्।नेपालि जनताले तपाइका ती गिता, अध्याय र सोलक अझै भुलेका छैनन् याद रहाेस् ।

 

  रक्षामन्त्री इश्वर पाेखरेलले ६ महिना पहिला हेलिकप्टर चढेर लिम्पियाधुरा,लिपुलेख र कालापानी लगायतका क्षेत्रकाे अवलाेकन गरेका थिए। खै त अवलाेकन गरेर नक्सा जारी गरेकाे अब रक्षामन्त्रीले  कि भन्नु पर्याे म पश्चिम को जात्रा या धार्मिक तिर्थयात्रामा निमन्त्रणा कार्ड आएकाे  थियाे गए।हाेइन भने तपाइ के पर्यटक भएर जानु भएकाे थियाे रमाइलाे यात्राको महसुस गरेर फर्किनु भयाे कि के हाे रक्षामन्त्री ज्यू तपाइले नेपाली जनतालाई कस्तो किसिमकाे प्रतिवेदन उल्लेख गरेर बिरिफिग्ङ दिनुहुन्छ आजसम्म।तपाईं भन्दै हुनुहुन्छ भारतले यो अबस्थामा कसैलाइ जानकारी नदिएर सडक निमार्ण गरेकाे पाइयाे तर वास्तविक परराष्ट्रमन्त्री ज्यूलाइ पक्कै पनी थाहा थियो हाेला । यदि नेपाल सरकारले सम्धान गरेन  नभयको अनुमान लगाउनु छ भने हामी जस्ता लाखै युवा छ्न हाम्रो देशको सिमाको रक्षाका लागि हामी नेपालीको स्वाधिन सार्भभाैमिकता सता नागरिकका आधिकरमा कसैले आचाआउने काम गरेमा ३ करोड नेपाली लाई असैय हुनेछ।

हामी नेपाली युवाले देशकालागी रगत बगाउन बलिदान दिन तयार छाै तर सरकारकाे यहीँ रबैया हाे भने नेपाल भन्नेदेश एका देशकाे कथा जस्तै हुने देखिन्छ ।अनि प्रधानमन्त्री र यो सरकार ले सरकार चलाएको अनुभुती नेपाली नागरिकमा छैन अनि देश कस्ले चलाएको छ भन्ने नेपाली जनताले थाहा पाउन जरुरी छ।