सरकारको जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने निर्णय

काठमाडौं ,जेठ ४ । सरकारकाे आइतबार बसेको बैठकले लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

 

मन्त्रिपरिषद्को बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।

 

यसअघि बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन लम्ब्याउनुपर्ने निष्कर्ष निकाल्दै मन्त्रीपरिषद्लाई सिफारिस गरेको थियो ।