नेपालमा थप ९ जना कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ३०४ पुग्यो

काठमाडौं,जेठ,५ । नेपालमा काेराेना भाइरस संक्रमित थप ९ जनामा पुष्टि भएकाे छ। रौतहट र बारामा सोमबार विहान कोरोना संक्रमित भेटिएका छन् ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहटको इशनाथ नगरपालिकामा ८ जना र बाराको करैयामाईमा एक जना कोरोना संक्रमित भेटिएका हुन् ।