क्रान्तिकारी टेड्र युनियान महासंघले सरकार र सरोकारवाला निकायसँग मजदुरको वास्तविक तथ्यांक सार्वजनिक जोडदार माग

काठमाडाैं,जेठ ७। नेकपा क्रन्तिकारी माओवादी निकट अखिल नेपाल क्रान्तिकारी टेड्र युनियान महासंघले यो विषम परिस्थितिमा श्रमिक वर्ग कोरोना भाइरस (कोभिड १९ )का कारण समस्यामा परेकाले हाम्रो संगठनले औपचारिक  र अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुरको वास्तविक तथ्यांक अविलम्ब सार्वजनिक गर्न नेपाल सरकार र सरोकारवाला निकायसँग संगठनले विज्ञप्ति मार्फत जोडदार माग गरेकाे छ।

  प्रेस-वक्तव्य

कोभिड-१९ को विश्वव्यापी त्रासदी सँगै शुरु भएको लकडाउनले विश्व अर्थतन्त्रमा ठुलो हलचल र असन्तुलन पैदा गरेको छ । यसले विश्व श्रमिक वर्गको ठुलो हिस्साले पुर्ण रोजगारी गुमाएको छ भने विश्व श्रम संगठनको तथ्यांकले निकट भविष्यमा नै झन्डै ५०% (१.५ अर्ब) मजदुरले रोजगार गुमाउन सक्ने जनाएको छ । संकटको यो विषम स्थितिमा नेपाली श्रमिक वर्गको वास्तविक प्रतिनिधित्व गर्ने एक मात्रै गौरवशाली संगठनको हैसियतले हाम्रो संगठन नेपाल सरकार र सरोकारवाला निकायको निम्न विषयमा ध्यानाकर्षण गराउन चाहन्छ ।

१) नेपाली श्रम बजारको औपचारिक र अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुरको वास्तविक तथ्यांक अविलम्ब सार्वजनिक गरि;

(क) मजदुर लक्षित विशेष राहत कार्यक्रमको घोषणा,(ख) मजदुर वर्गले सामना गर्नु परेको अपुर्व संकटको स्थितिमा समेत तलब कटौती गर्ने र रोजगारी बाट निकाल्ने होटल, उद्योग, संघसंस्था लगायतलाई अविलम्ब कारवाही, (ग) यो संकट कायम रहदा सम्म मजदुर वर्गले तिर्दै आएको घरभाडा र सम्पुर्ण स्वास्थ्य उपचार निशुल्क, (घ) बेरोजगार मजदुरलाई न्युनतम रोजगार भत्ताको व्यवस्था गरियोस ।

 

२) रोजगारीको शिलशिलामा भारत प्रवासमा रहेका र सिमाक्षेत्रमा अलपत्र परेका नेपाली मजदुरहरुलाई निश्चित विधि तयार गरि अविलम्ब स्वदेश फर्कन पाउने व्यवस्था गरियोस ।

 

३) वैदेशिक रोजगारीको शिलशिलामा मलेसिया, मध्यपुर्व र संसार भरी रहेका र अहिलेको संकटमा नेपाल फर्कन चाहने नेपाली श्रमिक दाजुभाई-दिदिबहिनीलाई उपयुक्त विधि सहित अविलम्ब स्वदेश फर्कने प्रबन्ध गरियोस । उल्लेखित मागलाई अविलम्ब सम्बोधन गर्न हामी नेपाल सरकार र सरोकारवाला निकायमा पुनः जोडदार माग गर्दछौं ।स्मरण रहोस नेपाली श्रमिक वर्गको पक्षमा निरन्तर संघर्षरत हाम्रो विगतले हामीलाई निरन्तर संघर्षका लागि प्रेरित गरिरहेको छ । मजदुर वर्ग माथिको कुनै पनि शोषण, दमन र उत्पीडन हाम्रो लागि अस्वीकार्य छ । धन्यवाद ! क्रान्तिकारी अभिवादन सहित !

ईश्वर तिमिल्सिना

अध्यक्ष