नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमित संख्या ४२७ पुग्यो

काठमाडौं,जेठ,७ । नेपालमा काेराेना भइरस  काेभिड १९ पछिल्लो २४ घन्टामा  २५ जना संक्रमित थपिएका छन् ।यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २७ पुगेको छ ।

 

उनीहरू मध्ये बाँकेमा ६ जनामा छन्।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेको नरैनापुर गाउँपालिकामा ५ र खजुरा गाउँपालिकामा १ जना संक्रमित भेटिएका हुन् ।

नरैनापुर–५ मा १७, २०, २८, ३० र ४० वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ, त्यसैगरी खजुरा गाउँपालिकाका २७ वर्षका पुरुषमा पनि संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिए।

 

त्यस्तै नवलपरासीमा पनि एक जना कोरोना संक्रमित थपिएका छन् ।बुधबार विहान कपिलवस्तुमा १३ जना र मंगलबार बेलुका धनकुटामा ५ जना कोरोना संक्रमित भेटिएका थिए ।