कोरोना संक्रमित थप एकको मृत्यु ,नेपालमा मृत्यु हुनेको संख्या ३ पुग्यो

बुटवल, जेठ ८ ।नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । रूपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारत कोरोना संक्रमितको बिहीवार बिहान मृत्यु भएको अस्पताल प्रशासनले पुष्टि गरेको छ।

 

स्वास्थ्य अवस्था नाजुक बनेपछि ४ दिनदेखी भेन्टिलेटरमा उपचाररत गुल्मीको मदाने गाउँपालिका-६ का ४१ वर्षीय उनको बिहीबार बिहान मृत्यु भएको प्रदेश ५ को सामाजिक विकास मन्त्रालय अन्तर्गत अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख डा. उमाशंकर चौधरीले पुष्टि गरेका छन्।

 

‘आज विहान ७ बजेर १० मिनेटमा उनको मृत्यु भयो’, अस्पताल प्रशासनको भनाइ उधृत गर्दै डा. चौधरीले भने ।
शिक्षक पेशामा रहेका उनको शरिरले काम गर्न छोडेको थियो।

‘अस्पताल ल्याउदै उहाँका शरिरका अंगले काम गरेका थिएनन् भन्ने छ र कोरोना परिक्षण गराउदा कोभिड- १९ पनि पोजिटिभ देखियो अब उनकाे मृत्युको कारण कोरोना नै भएकाे डा. चौधरीले बताएका छन्। यो सँगै नेपालमा कोरोना संक्रमित भएर मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

 

यसअघि सिन्धुपाल्चोककी एक महिला र बाँकेका एक युवकको कोरोना संक्रमणबाटै मृत्यु भएको थियो ।हालसम्म नेपालमा कोरोना संक्रमतिको संख्या  ४४४ पुगेको छ,भने ४५ जना निको भएर घर फर्किएका छन् ।