नेपालमा थप ४ जना कोरोना संक्रमित निको भएर घर फर्किए

काठमाडौं,जेठ,८ । नेपालमा काेराेना संक्रमित निकाे भएर अाज घर फर्किएका छन्। काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराइरहेका ४ जना संक्रमित बिहीबार डिस्चार्ज भएका छन्। 

 

पछिल्ला दुईवटा रिपोर्ट नेगेटिभ आएपछि उनीहरु डिस्चार्ज गरिएकाे हाे । डिस्चार्ज हुनेमा दुई जना भक्तपुरका र दुई जना काठमाडौंका रहेका छन् ।यो चार जनासंगै कोरोना भाइरसको संक्रमणको उपचारपछि डिस्चार्ज हुनेको संख्या ४९ पुगेको छ। अस्पतालमा थप एक जना संक्रमित उपचारको क्रममा रहेका छन्। 

 

टेकु अस्पतालमा गत ३१ वैशाखमा भक्तपुरका एक पुरुष र एक महिला, काठमाडौंका एक महिला भर्ना भएका थिए । त्यस दिन भर्ना भएका संक्रमित पुरुष सशस्त्र प्रहरी हुन् ।थप एक जनाको भने विस्तृत विवरण आइसकेको छैन ।

 

महिला एक जना आरोग्य प्रतिष्ठानमा कार्यरत कर्मचारी हुन् । अर्को एक महिला चन्द्रागिरी निवासी हुन् । थप एक जनाको भने विस्तृत विवरण आइसकेको छैन ।