अखिल (क्रान्तिकारी)ले लकडाउन अवधिभर अनलाइन कक्षा सञ्चालनको नाममा शुल्क असुल्ने शैक्षिक संस्था माथि कडा सङ्घर्ष गर्ने चेतावनी(विज्ञप्तिसहित)

  काठमान्डौ,जेठ ८।नेकपा क्रान्तिकारी माओवादी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले नोवल कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट आक्रान्त नेपाली जनतामाथि नीजि शैक्षिक संस्थाहरुले लकडाउनको अवस्थामा समेत अभिभावकहरुसँग विद्यार्थीहरुलाई अल्झाउनको लागि अनलाइन कक्षा सञ्चालनको नाममा शुल्क असुल्ने काम गरिरहेका छन् । उक्त कार्यको निन्दा एवम् भत्सर्ना गर्दै लकडाउन अवधिभरको शुल्क नलिनका लागि अखिल (क्रान्तिकारी)का अध्यक्षद्धारा नेपाल सरकार समक्ष जोडदार अपिल गरिएको छ ।

प्रेस विज्ञप्तिको पूर्णपाठ तल दिइएकोछ ।

विषय : प्रेस विज्ञप्ति

हाम्रो महान् तथा गौरवशाली संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) विगत लामो समयदेखि शिक्षा र स्वास्थ्यमा भएको नीजिकरण, व्यापारिकरण, दलालीकरण र भ्रष्टीकरणका विरूद्ध निरन्तर सङ्घर्ष गर्दै आइरहेको कुरा स्पष्ट नै छ । यतिबेला विश्वमा नै नोवल कोरोना भाइरस (कोभिड–१९)को महामारीबाट आक्रान्त भइराखेको अवस्था छ । नेपाल पनि यतिबेला कोरोना भाइरसबाट ग्रसित छ भने गम्भीर चूनौतिको रुपमा यो महामारी खडा भएको छ । यस्तो कठिन घडिमा आम जनता एकतावद्ध भइ समस्या समाधान गर्नुपर्ने देखिन्छ । तर बिडम्बना नीजि शैक्षिक संस्थाहरुले लकडाउनको अवस्थामा समेत अभिभावकहसँग विद्यार्थीहलाई अल्झाउनको लागि अनलाइन कक्षा सञ्चालनको नाममा शुल्क असुल्ने काम गरिरहेका छन् । उक्त कार्यको हाम्रो संगठन घोर निन्दा एवम् भत्सर्ना गर्दछ । लकडाउन अवधिभरको शुल्क नलिनका लागि नेपाल सरकार समक्ष हाम्रो संगठन जोडदार अपिल गर्दछ । अन्यथा हाम्रो आग्रहलाई बेवास्ता गरिएमा कडाभन्दा कडा सङ्घर्षमा उत्रन बाध्य हुने चेतावनी समेत दिन चाहन्छौं ।

क्रान्तिकारी अभिवादन सहित !

हरिकृष्ण गजुरेल
अध्यक्ष
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)