नेपालमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ४८७ पुग्यो

चितवन, जेठ ९ । नेपालमा काेराेना संक्रमित थपिएका छन्। सर्लाही,चितवन र नवलपरासीमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सर्लाहीमा १५ कपिलवस्तुका ९, नवलपरासी सुस्ताका ३ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको शुक्रबार बिहानको सूचना अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा ३० जनामा संक्रमण पुष्टि भएको हो।

 

सर्लाहीका गोडैता नगरपालिका र रामनगर अहुअर्वा गाउँपालिकाका २२ वर्षदेखि ३९ वर्षसम्मका १४ जनामा कोरोना पोजिटिभ देखिएको हो।

चितवनको भरतपुर महानगरपालिका-६ का ७४ वर्षीय पुरूष र ७३ वर्षीया महिला कोरोना संक्रमण पुष्टि भएको छ।

 

उनीहरू सबैको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र भरतपुर अस्पतालमा परीक्षण गरिएको हो।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ।