वैदेशिक रोजगारको क्रममा मृत्यु भएका १४९ नेपालीको शव अझै अलपत्र,कुन देशमा कतिको मृत्यु हेर्नुस् (तथ्याङ्कसहित)

सांकेतिक तस्विर

काठमाडौं,जेठ १० ।वैदेशिक राेजगार वाेर्डकाे सचिवालयले वैदेशिक रोजगारीका क्रममा विभिन्न देशमा मृत्यु भएका नेपालीहरुको अन्त्येष्टि सम्बन्धित देशमै गरिने भएको छ ।

 

वैदेशिक रोजगार बोर्डले एक सूचना जारी गरी आज सो कुराको जानकारी दिएको हो । बोर्डले मृतकको शव सम्बन्धित मुलुकमा नै अन्त्येष्टि गर्न मृतक श्रमिकका ५८ परिवारले सम्बन्धित मुलुकमा नै शव अन्त्येष्टि गर्न सहमति प्रदान गरिसकेको बोर्डले जनाएको छ ।

 

 विश्वभर कोरोना महामारी फैलिएसँगै खाडीका विभिन्न देश लगायत अन्य मुलुकमा वैदेशिक रोजगारका क्रममा मृत्यु भएका २०७ जनाको शवमध्ये ५८ जनाको अन्त्येष्टि सम्बन्धित देशमै गरिएपनि लकडाउनका कारण १४९ जनाको शव सम्बन्धित मुलुकमा नै अलपत्र छन् । जसमा १९५ पुरुष र १२ जना महिलाहरु रहेका छन्।

 

तीमध्ये १० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको जनाइएको छ । कोरानाबाट युएईमा ५ जना, साउदीमा ३, कतारमा १ र टर्कीमा १ जनाको मृत्यु भएको छ।वैदेशिक राेजगार वाेर्डले सुचना जारी गरि जानकारी दिएकाे छ।

वैदेशिक रोजगार बोर्डकाे तथ्याङ्कसहित