नेपालमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि,सं‌क्रमितको संख्या ५८४ पुग्यो

काठमाडौं,जेठ, १० ।नेपालमा थप ३६ जनामा कोरोना संक्रमण भएकाे  छ । सबैभन्दा धेरै बाँकेको नरैनापुरका रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ८४ पुगेको छ।

 

बाँकेमा २७ जना, बैतडीमा ४ जना, बर्दियामा १ जना, झापामा १ जना र सुर्खेतमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन्।

 

बाँकेका संक्रमित सबै नरैनापुर गाउँपालिका रहेका छन् । बैतडीको शिवनाथ गाउँपालिकामा,बर्दियाको बढैयाताल गाउँपालिकामा १ जना, झापाको झापा गाउँपालिकामा १ जना संक्रमित भेटिएका हुन्। स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे छ।