थप ४ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, जेठ ११ । बारामा कार्यरत थप ४ जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ।सर्लाही घर भई जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत ४९ वर्षिय प्रहरी नायब निरीक्षक, कलैयाका ३४ वर्षिय प्रहरी हवल्दार, रौतहट यमुना माई नगरपालिकाकाका २५ र पर्साका ३४ वर्षिय प्रहरी जवान कोरोना संक्रमण भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौमत मिश्रले जानकारी दिए ।

 

पहिलो संकमित प्रहरीको कन्ट्राक्ट टेसिङका आधारमा उनीहरुमा कोरोना भाइरस संक्रमित भएको पत्ता लागेको डिएसपी मिश्रको भनाई छ ।

 

उनीहरुले यसभन्दा अगाडि जिल्ला प्रहरी कार्यालयले बनाएको बालमन्दिर क्वारेन्टाइनमा राखिएको र पुष्टिभएपश्चत कलैला अस्पताल राखिएको डिएसपी मिश्रको भनाई छ ।

 

उनीहरुसँगै कोरोना संक्रमित प्रहरीको संख्या ५ पुगेको छ। यसअघि जिप्रकाको मुद्दा फाँटमा कार्यरत एक प्रहरी जवानलाई संक्रमण देखिएको थियो। उनी रौतहटका हुन्।