गर्भावस्थामा यस्ता चार किसिमका योग गर्नुस् :शारीरिक र मानसिक दुवै शान्त र सन्तुलित हुन्छ

गर्भावस्थामा केही शारीरिक परिवर्तन हुन्छ। यसले शारीरिक र मानसिक दुवै रुपमा कतिपय समस्या पनि ल्याउने गर्छ । खुट्टा सुन्निने, कब्जियत हुने जस्ता समस्याहरू देखापर्न सक्छ । साथसाथै मनमा भय, तनाव पनि उत्पन्न हुन्छ ।

 

जबकि गर्भावस्थामा मन शान्त एवं प्रफुल्ल हुन जरुरी छ, सकारात्मक हुन जरुरी छ । यसका लागि योग, ध्यान र प्राणायाम सर्वोत्तम विकल्प हुनसक्छ । तर, सबै किसिमको योग आसन गर्भावस्थाका लागि उपयुक्त हुँदैन । त्यसैले यस्तो अवस्थाका कुन आसन गर्न हुन्छ र सकिन्छ । त्यहीअनुसार योग अभ्यास गर्न सकिन्छ । यद्यपि योग गर्नुअघि चिकित्सकसँग परामर्श भने गर्नैपर्छ । चिकित्सकको परामर्श र योग प्रशिक्षकको सहयोगमा मात्र योग गर्नुपर्छ । आफूखुसी भने योग गर्न उचित हुँदैन ।

गर्भावस्थामा गरिने योग अभ्यास, ध्यान एवं प्राणायामले मानसिक रुपमा आफूलाई शान्त र सन्तुलित राख्न मद्दत गर्छ । अनावश्यक तनाव, भयबाट मुक्त राख्नेछ । शारीरिक लाभ त छँदैछ । यसले गर्भको शिशुलाई समेत फाइदा पुग्छ। गर्भावस्थामा हुने शारीरिक परिवर्तन, हर्मोनल गडबडीलाई सन्तुलित राख्न पनि योगको भूमिका अहं हुन्छ ।

गर्भावस्थामा के कस्ता योग गर्ने त ?

१-शवासन

शवासन एक सरल योग आसन हो । आफूलाई एकदमै सहज हुने हिसाबले भुइँमा उत्तानो परेर सुत्नुपर्छ। हात खुट्टा सिधा र आँखा बन्द हुनुपर्छ। यो आसन गर्भवतीले नियमित रुपमा गर्न सक्छन् । यसबाट उनीहरूमा मानसिक समस्या कम हुन्छ । गर्भको शिशुको विकासमा पनि फाइदा गर्छ ।

२-कोणासन

कोणासनको दुईवटा फाइदा छन् । एक त यसले मेरुदण्डको हड्डी बलियो बनाउँछ । अर्को चाहिँ रक्तसञ्चार राम्ररी सुचारु गराउँछ । साथसाथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। खासगरी गर्भावस्थामा हुने कब्जियतबाट मुक्त दिलाउनका लागि कोणासन उचित हुन्छ ।

३-ताडासन

गर्भवती महिलाको लागि ताडासन योग धेरै लाभदायक हुन्छ । यसले मेरुदण्डको हड्डी बलियो बनाउनुको साथै ढाड दुख्ने समस्याबाट पनि राहत पुग्छ । यस आसन गर्भावस्थाको सुरुको ६ महिनासम्म गर्न सकिन्छ ।

४-मार्जरी आसन

यो आसन क्याट पोजको नामले पनि प्रचलित छ । यस आसन गर्नाले मेरुदण्डमा तागत र शरीरमा लचिलोपन आउँछ । रक्तसञ्चार राम्रो हुनुको साथै पाचन प्रणाली पनि राम्रो हुन्छ ।एजेन्सी