अछाममा कोरोना संक्रमण एक जनामा पुष्टि

 काठमाडौं,जेठ,१२ ।सुदुरपश्चिम प्रदेशकाे अछाममा पनि कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अछाम अस्पतालमा भर्ना भएका ३२ वर्षका पुरुषमा कोरोना संक्रमणभएको पुष्टि भएकाे हो । उनी अछामको मेल्लेख गाउँपालिकाका स्थानीय बासिन्दा हुन्।

 

त्यस्तै बर्दियामा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बर्दियाको गुलरिया नगरपालकिाका २२, २४ र १८ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

 

त्यस्तै वीरगञ्जको नारायणी अस्पतालको ल्याबमा गरिएको परीक्षणमा पनि सोमबार दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

 

बाराको जिराभवानी गाउँपालिकाका १८ वर्षका पुरुष र काठमाडौं घर भई कलैया बारामा कार्यरत पुरुषमा पनि संक्रमण देखिएको छ।