दलित युवाको हत्या सामन्तवादी संस्कृति र पश्चगामी चेतनाको निकृष्ट अभिव्यक्ति,दोषीलाई हदैसम्मको कारबाही हाेस् : मोहन वैद्य‘किरण’

काठमाडौं,जेठ १४ । २०७७ जेठ १० गते भेरी नगरपालिका वडा नं ४ रानागाउँ जाजरकोटका नवराज वि.क. र चौरजारी नगरपालिका वडा नं ८ रुकुमकी लक्ष्मी मल्लका बीचको प्रेम सम्बन्धका कारण भडकिएको विवादमा निज नवराज वि.क.टीकाराम वि.क.र गणेश बुढामगरको हत्याको घटना सामन्तवादी संस्कृति र पश्चगामी चेतनाको निकृष्ट अभिव्यक्ति हो भन्दै नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले घटनालाई कसैको राजनीतिक दाउपेचको मुद्दा नबनाई निस्पक्ष छानबीन गर्न र घटनामा संलग्न दोषीहरुलाई हदैसम्मको कार्वाही गर्न सरकारसित जोडदार माग गरेको छ ।

 

क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य‘किरण’ले जारी गरेको वक्तव्यमा दलित र गैरदलितका बीचको प्रेम सम्बन्धका कारण पैदा भएको यस दुःखद घटनाको घोर विरोध तथा भत्र्सना समेत गरेको छ ।

सोही घटनामा परेका सञ्जु वि।क।, लोकेन्द्र सुनार र गोविन्द शाही वेपत्ता अवस्थामा रहेका उल्लेख गर्दै वक्तव्यमा भनिएको छ, “आजको वैज्ञानिक युगमा पनि मनुवादी मान्यतामा आधारित जातपात तथा छुवाछुतको प्रभावका कारण नेपालमा यस प्रकारको घटना घटनु सामन्तवादी संस्कृति र पश्चगामी चेतनाको निकृष्ट अभिव्यक्ति हो ।

दलित र गैरदलितका बीचको प्रेम सम्बन्धका कारण पैदा भएको यस दुःखद घटनाप्रति हाम्रो पार्टी घोर विरोध तथा भत्र्सना गर्दछ । साथै यस घटनालाई कसैको राजनीतिक दाउपेचको मुद्दा नबनाई निस्पक्ष छानबीन गर्न र घटनामा संलग्न दोषीहरुलाई हदैसम्मको कार्वाही गर्न हाम्रो पार्टी सरकारसित जोडदार माग गर्दछ ।