कोसी अस्पतालबाट कोरोना संक्रमित थप ४ जना घर फर्किए

विराटनगर,जेठ,१४ । विराटनगरस्थित कोसी कोभिड १९ अस्पतालबाट थप चार जना कोरोना संक्रमित घर फर्किएका छन्। प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८७ जना छ ।  

 

कोसी अस्पताल विराटनगरका अनुसार बुधबार ४ जनाको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुको डिस्चार्ज गरिएको छ।   अस्पताल अनुसार डिस्चार्ज हुने चारै जना उदयपुर भुल्केका हुन । कोरोना निकोभएर घर फर्किनेमा ३ महिला र १ पुरुष छन् ।

 

यो सँगै प्रदेश १ मा कोरोना संक्रमणबाट निको हुनेको संख्या ३० पुगेको छ । यस अघि २६ जना कोरोना निको भएर घर फर्किका थिए।