विभेदपूर्ण मानसिकताले थिचेको हामी र हाम्रो समाज  

– दिपक महतारा, नवलपरासी –

यस्तो लाग्छ की विभेद हाम्रो कण-कण, जिन-जिन र बोलि-बोलि मा छ तर हामी आफु भित्र बिधमान रुपमा
हाबी त्यो विभेद कहिलै देख्दैनौ, देख्छौ त केवल समाज र न्यायमा ।

अनि सामाजिक संजाल मा लेख्छौ “आखीरयो कहिले सम्म” भन्दै, तर हामीलाई अन्दाज सम्म छैन की हामीले एउटा मधेशी मूलको नागरिकलाई कसरिव्यवहार गरिरहेका छौ, हाम्री आमाको दलित समुदायलाई हेर्ने दृष्टिकोण कस्तो छ, हाम्रो बुवाल आमासामु कसरि प्रस्तुत हुनुहुन्छ, हाम्रा दिदि बहिनिले एउटा गरिबलाई कस्तो व्यवहार गरिरछान ? त्यसैले कमजोरी न्याय र संबिधानको देखाउनु अघि आफ्नो मानसिकता माथि प्रश्न उठाउनु जरुरि होइन र ?

एउटा राम्रो होटलमा हामी १०० रुपैंया टिप्स दिदा बडो गर्भिलो अनुभब गर्छौ तर तेही होटल बाहिर ठेलावाला संग ५ रुपैंया बार्गेनिङ गर्न कत्ति पनि सरम महसुस गर्दैनौ !एउटा पहाडी फलफुल वाला संग स-सम्मान प्रस्तुत हुने हामी तेही पेशाकर्मी तर मधेश समुदायको संग भने आफ्नै घरको नोकरलाई जस्तो व्यवहार गर्छौ !

दलितले छुदैमा कुनै चिज बिस हुने ब्रामणले छुदा त्यहि चिज अमृत हुने त होइन होला ?यस्ता विभेदको कुरा गर्ने हो भने हरेक नेपालीको घर घर बाट निस्किन्छन, नवराज बि.क त एउटा उदाहरण नहुन् ।२१ औ सताब्दीमा आएर पनि जात को कारण मारिन पर्छ भने त्यो भन्दा लज्जाको बिषय अरु होला र ?

समाजमा यस्तो अपराधिक मानसिकता कसरि विकास भै राखेको छ त्यता तिरको अध्ययन अहिलेको चुनौती
हो, यसलाइ यसैगरी बढावा दिराख्ने हो भने हामी अझै धेरै पछी धकेलिने निश्चित छ ।

अनि अर्को कुरा यदी नवराज बि.क. सुकिला मुकिला पहुँचवाल हुन्थे भने उनको समूहलाई मार्ने नै आँट गर्न सक्थे होला र?
जातीयता संगसंगै अर्को ठुलो खाडल त वर्गको छ जसलाई हामी नजरन्दाज गरिरहेका छौ ।

निर्मला पन्त जस्ता हजारौं चेलीहरु बलात्कार संगै मारिएका छन्, तिनीहरुले न्याय नपाउनु को एउटा मुख्य कारण गरिबी पनिहोइन र ? तर त्यहि बर्गीय राजनीति लाई आफ्नो हतियार बनाएर सत्ता सम्म पुग्ने राजनीतिक दलका धेरैनै
आश लाग्दा नेता आज आएर २०० मतको लागि आफ्नो धरातल बिर्सन्छन । अनि यसैका लागि हो त त्यति
ठुलो बलिदानको राजनीति ?

अस्ति मेरो एउटा साथीले आफ्नो गर्लफ्रेन्डलाई छोडेछ अनि मलाई फोन गरेर सुनाउदै थ्यो “आफु त उपाध्याय
बाहुन परियो, केटी जैसी रैछ त्यहि भएर छोडे अब बुवाआमाले खोजेकी संग बिहे गर्ने हो” र उसैले हिजोकोघटनालाई बिरोध गर्दै सामाजिक संजालमा हाई-हाई बटुल्न भने बाँकि राखेन ।

अझै ब्राह्मण-ब्राह्मण बीच भन्दाठुलो जातीय विभेद त दलित-दलित बीच र मधेशी-मधेशी बीच छ । कामी भन्दा दमाई सानो रे; दमाई भन्दा सार्की सानो रे; सार्की भन्दा बादी सानो रे, यस्तै अरु कति कति !

आज एउटा दलित भनिएको नागरिकले ब्राह्मणको थर राख्न बाध्य छ, के उसलाई आफ्नो पुस्तौ पुस्ता देखिको पहिचान त्यागेर नंया परिचय दिनु रहर थियो होला र ? रहर थियो त केवल समाजमा समान दर्जा सहित शीर ठाडो बनाएर एक आम नागरिक सरहबाच्न ।

त्यसैले जबसम्म एक नागरिक आफ्नो पहिचान त्याग्न बाध्य हुन्छ तब सम्म परिवर्तित समाज कल्पना गर्नु निरर्थक साबित हुन्छ ।कुनै पनि जातीय विभेद अपराध हो भनेर संसदबाट पारित गरेको ९ वर्षको अबधिमा जातकै कारण मात्र १७ नागरिकले ज्यान गुमाउनु पर्यो र अन्य नदेखिएका हिंसा कति भए होलान !

अनि के अर्थ त संबिधानको धारा १७ र १८ को ? कहाँ गए त ती अपहेलित वर्गको प्रतिनिधित्व गर्ने हरु ? खै त
मानबअधिकारबादीहरु ? यी सबै चिज समाधान भए भने तिनीहरुले के मा टेकेर राजनीति गर्ने फेरी, त्यसैले
तिनीहरुलाई विभेद बिरुद्धको अगुवा भन्दा पनि विभेदको अगुवा भन्दा उचित होला की ? हाम्रो जस्तो बिधिको
शासन नभएको देशमा न्याय र संबिधान त एक औपचारिकता मात्र हुन्, र यिनीहरुको मात्र भर पर्ने हो भने
निस्चय पनि विभेद बिना को समाज अनुभब गर्न अझै थुप्रै दसक कुर्नुको विकल्प छैन ।

अबको आवश्यकता भनेको बलिदान फिल्मको गितमा भनिएझै गाउँ गाउँ र बस्ति बस्ति बाट उठ्नु नै हो र
त्यसको लागि सर्बप्रथम हामीले आफ्नो र आफ्नो परिवारको मानसिकतामा परिबर्तन ल्याउनु पर्छ अनि मात्र
समाज र देशबाट यो रोगको अन्त्य हुनेछ ।अन्त्यमा विभिन्न विभेदबाट ज्यान गुमाउने सम्पूर्ण प्रति श्रद्दा सुमन