नेपालमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु, मृतकको संख्या ५ पुग्यो

सांकेतिक तस्विर

काठमाडौं,जेठ,१४ । लितपुरमा कोरोना भाइरस (कोभिड–१९) का कारण १ जनाको मृत्यु भएको छ । याे सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

 

ललितपुर महानगरपालिका-२२ का ५७ वर्षीय पुरुषको किष्ट अस्पतालमा कोरोना संक्रमणका कारण बुधबार साँझ निधन भएको हो ।

  अस्पतालका अनुसार लिभर डिजिज भन्दै उनलाई पाटन अस्पताल लगिएको थियो । तर आईसीयू नभएको भन्दै किस्टमा रिफर गरिएको थियो । अस्पतालले १२ गते नै उनको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि पठाएको थियो ।उनको रिपोर्ट पोजेटिभ आएको छ ।