बालकसहित थप ८ जनामा कोरोना संक्रमण पुष्टि

सुर्खेत,जेठ,१५ । कर्णाली प्रदेशमा थप ८ जनामा कोरोना संक्रमित थपिएका छन् । यो सँगै कोराना संक्रमितको संख्या ४६ पुगेको छ।

 

सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणबाट बिहीबार दैलेखका ८ जनामा कोरोना पुष्टि भएको छ।

संक्रमित सबै जिल्ला सदरमुकाम रहेको नारायण नगरपालिकाका हुन् । संक्रमित हुनेमा नगरपालिकाको वडानम्बर १ का २६ वर्षका युवक, ३ का १९, ३०, ३६ र ४० वर्षका पुरुष, ४ का एक वर्षका बालक र २० वर्षीय युवती र ७ का १७ वर्षीय किशोर रहेका छन्।

 

दैलेखमा भेटिएका नयाँ संक्रमितसँगै नेपालमा कुल संक्रमितको संख्या ९९० पुगेको छ।