एकैदिन थप १५६ जना कोरोना संक्रमित पुष्टि,संक्रमितको संख्या १०४२ पुग्यो

 काठमाडौं,जेठ, १५ ।नेपालमा काेराेना संक्रमित पछिल्लो २४ घण्टामा थप १५६ जनामा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनएको छ ।

 

याे सँगै नेपालमा कुल संक्रमितको संख्या १ हजार ४२ पुगेको छ । उनीहरु मध्ये ५ जनाको मृत्यु भएको छ भने १९० जना निको भएर घर फर्किएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार धनुषाका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।त्यस्तै  रौतहटका २० जनामासंक्रमण पुष्टि भएको छ ।

 

टेकुमा गरिएको परीक्षणमा १२ देखि ३० वर्षका ३ जना र धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १७ जनामा संक्रमण देखिएको हो ।

 

यस्तै महोत्तरीका १७ जनाको संक्रमण पुष्टि भएकाे छ।त्यस्तै सर्लाहीका ७ र सिराहाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

सप्तरीमा १४ जनामा संक्रमित थपिएकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै दैलेखका ८ जनामा संक्रमण पुष्टि भएको छ । सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतकै १३, बझाङका एक र पहिचान खुल्न नसकेकी एक महिला गरी १५ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

 

दोलखाका १९ र २० वर्षका दुई पुरुष, सोलुखुम्बुका ५५ वर्षका पुरुष, मकवानपुरका ५० वर्ष पुरुष र नवलपुरका १९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

 

पोखरामा गरिएको परीक्षणमा स्याङ्जाका तीन जनाको रिपोर्ट पोजेटिभ आएको छ । २२ र २६ वर्षका पुरुष र ४९ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

सेती अस्पतालमा गरिएको परीक्षणमा ३ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

यस्तै भेरी अस्पताल, नेपालगञ्जको प्रयोगालामा गरिएको परीक्षणमा बर्दियाका ३ र बाँकेका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।