कर्मचारीको भत्तामा उल्लेख्य कटौती, कोरोनाविरुद्ध फ्रन्टलाइनमा खटिएकाले पाउने

काठमाडौँ, जेठ १६ । सरकारले कर्मचारीको भ्रमण भत्ता, इन्धन, फर्निचर तथा नयाँ सवारी खरिदमा उल्लेख्य बजेट कटौती गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले कोरोनाविरुद्धको लडाईँमा फ्रन्टलाइनमा खटिएकाबाहेक सबैको भत्ता साउनबाट खारेज गरिने बताएका हुन् ।

 

मन्त्री खतिवडाले अतिरिक्त पाउने बैठक, खाजा भत्ता, सेमिनार, प्रोत्साहन भत्ताका साथै इन्धन खर्च कटौती गरिएको बताए । यस्तै फर्निचर, नयाँ सवारी साधनको खरिदमा पनि उल्लेख्य बजेट कटौती गरिएको मन्त्री खतिवडाले बताए ।

 

यस्तै सरकारले सार्वजनिक सेवाका अस्थायी र करार कर्मचारीलाई एक लाखको कोरोना बीमा गर्ने घोषणा गरेको छ। मन्त्री खतिवडाले आगामी आर्थिक वर्षमा कार्यालय सञ्चालनमा मितव्ययीता अपनाइने बताए । सार्वजनिक निकायमा भष्ट्राचार रोक्न सदाचारको कार्यक्रम अघि सारिने पनि मन्त्री खतिवडाले बताए ।कान्तिपुर दैनिकमा खबर छ ।