कोरोना संक्रमणबाट थप १ युवकको मृत्यु

 

सांकेतिक तस्विर

काठमाडौ,जेठ १६। भारतको गुजरातबाट नेपाल फर्कंदै गर्दा बाटोमा मृत्यु भएका अर्घाखाँचीको भुमिकास्थान नगरपालिका–९ ढिकुराका ३५ वर्षीया युवामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतको लखनउ आसपास आइपुग्दा उनको गत १० जेठमा मृत्यु भएको थियो ।

 

लखनउबाट बस हिँड्दा बाटोमा छाती दुख्ने र बान्ता हुने भएपछि उनको बसमै मृत्यु भएको थियो । भारतबाट आएको र अचानक स्वास्थ्यमा समस्या आएपछि मृत्यु भएका उनको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा स्वाब परीक्षण गरिएकोमा कोरोना पोजिटिभ देखिएको अर्घाखाँची जिल्ला अस्पतालका डा. कपिल गौतमले जानकारी दिए ।

 

शवलाई कृष्णनगरबाट गएको एम्बुलेन्सले भारतीय सीमा बजार बढनीबाट नेपाल ल्याएको थियो । शवसँगै आएका २ जनाको रिपोर्ट भने नेगेटिभ आएको डा. गौतमले जानकारी दिए । उनीहरूसँगै अर्घाखाँचीका ८० जनाको समूहमा आएका सबैलाई क्वारेन्टाइनमा राखिएको छ ।