क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिरकारीद्धारा एमसीसी खारेजी देखि भारतद्धारा अतिक्रमित भुमि फिर्ताको माग गर्दै माइतीघर मण्डलामा विरोध प्रर्दशन

  काठमाडौं,जेठ १६ । नेकपा क्रान्तिकारी माओवादी निकट अखिल (क्रान्तिकारी)ले आज एमसीसी र भारतले अतिक्रमण गरेकाे भूभाग लिम्पियाधुरा ,लिपुलेक र कालापानी लगायतका बारेमा आज काठमाण्डौंको माईतीघर मण्डलामा विरोध पदर्शन गरेका छन्।

 

अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलको नेतृत्वमा आयोजित विरोध कार्यक्रममा राष्ट्रघाती एमसीसी सम्झौता खारेज गरलगायत नेपालको राष्ट्रियता तथा सार्वभौम अखण्डतामाथि भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको गिद्धेदृष्टिका विरुद्ध विभिन्न नाराहरु लगाएका थिए ।

 

नाराबााजी पछि संगठनका अध्यक्ष हरिकृष्ण गजुरेलले एमसीसी चोर बोटो हुँदै पास गर्न खोजिएको र यदि चोर बाटो हुँदै पास गरिएको खण्डमा सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिएका थिए । त्यस्तै भारतद्धारा अतिक्रमित भूमि फिर्ता गर्न सरकारले संविधान संशोधन प्रस्ताव संसदको कार्यसूचीबाट हटाएकोले अहिलेको ओली सरकार भारतीय ईसारमा चलेर दलालीकरण गरी नेपाली भूमि फिर्ता नल्याउने र सरकार जोगाउने रणनीतिमा लागेकोले त्यो नगर्न ओली सरकारलाई चेतावनी समेत दिएका छन् ।

 

उनले पत्रकारहरुसँग बोल्दै भने, यो हाम्रो सांकेतिक कार्यक्रम मात्र हाे, सरकारले हाम्रो यो सांकेकित कार्यक्रमलाई व्यवास्था गरे भाेलिका दिनमा ठुलाे मुल्य चुकाउनु पर्ने सम्मकाे चेतावनी दिएका छन्।  

साथै कालापानी, लिम्पियाधुरा र लिपुलेक फिर्ता गर्न नसक्ने यो दलाल सरकारले, सरकारमा बसिरहनुको औचिते सकिएको पनि उनले बताए अब फेरि पनि ओलिले नक्लि राष्ट्रवाद देखाएर जनतालाइ झुकाउने दिन नआहोस् अब पनि राष्ट्रियताको कुरा नगर्न ओली सरकारलाई गजुरेलले चेतावनी दिए।

 

जनताले आफ्नो ज्यानलाई दाउमा राखेर देश बचाई राखेको अवस्थामा ओली सरकारले राष्ट्रघात गर्न खोजेको गजुरेलको आरोप छ । विरोध कार्यक्रमलाई अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलले  अखिल क्रान्तिकारीका महासचिव पेशल दाहाल,सचिव सूर्य कार्की, केन्द्रिय सदस्यहरू हिक्मत महरा,बासु अधिकारी, संघर्ष दाहाललगायतका विद्यार्थी नेताहरूकाे सहभागिता रहेकाे थियो ।