एटिएम फुटाएर पैसा चोरी गर्ने एक जना पक्राउ


काठमाडौँ,जेठ १७ ।भक्तपुरमा एटिएम मेसिन फुटाएर पैसा चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा सिन्धुपालचोक कदम्बास घर भइ हाल सोही वडाको नगदेश भन्ने ठाँउमा बस्दै आएका २१ वर्षीय सचिन तामाङ रहेको प्रहरीले जनाएको छ ।

 

ठिमी नगरपालिका ६ बाहखा बजारस्थित संजिब चित्रकारको घरमा रहेको एनआईसी एसियाको एटिएम फुटाउँदै गरेको अवस्थामा तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

 

तामाङको साथबाट एक थान ह्याम्बर, एक थान स्क्रु ड्राइभर, एटीएम मेसिनको बाहिरी कभर र रोलर बरामद भएको छ ।

उनि माथि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।