जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा राखिएका बच्चाको मृत्यु,पिसिआर रिपोट आउन बाकी

बाजुरा,जेठ १८। बाजुराको सदरमुकाम मार्तडीको आइसोलेसनमा राखिएको एक बच्चाको उपचारको क्रममा मृत्यु भएको छ। बुढिगंगा १ घर भएका २ बर्षिय बच्चाको आईतवार बिहान मृत्यु भएको जिल्ला अस्पताल बाजुराले जनाएकाे छ। 

उनिहरू भारतबाट ८ दिन अगाडी मात्र नेपाल आएका थिए ।उनिहरूलाइ बुढिगंगा नगरपालिकाको क्वारेनटाइनमा राखिएको थियो। बच्चा बिरामी भएपछि जिल्ला अस्पताल बाजुराकाे आइसोलेसनमा  ल्याइएको थियो ।बच्चा सँगै उनका आमा र बुवालाइ पनि आइसोलेसनमा राखिएको छ ।

मृतक बच्चाको स्वाब संकलन गरेर पिसिआर रिपोटका लागि धनगढी प्रयोगशाला पठाइएको अस्पतालले जनाएको छ। मृतक बच्चाको लास पिसिआर रिपोट पछि मात्र परिवारकाे जिम्मा लगाउने अस्पतालले जनाएको छ ।

 

बुढिगंगा नगरपालिका धुरालसैन माबिको आइसोलेसनमा बच्चाकाे अबस्था जटिल भएपछि जिल्ला अस्पताल बाजुराकाे  आइसोलेसनमा जेठ १५ गते राखिएको थियो । उक्क्त बच्चालाइ पखाला, ज्वरो, श्वासप्रश्वासकाे समस्याबाट ग्रसित रहेकाे पारिवारले जनाएका छन् ।

 

स्वाब संकलन गरेर तिनै जनाको पिसिआरका लागि धनगढी सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पठाइएको जिल्ला अस्पताल बाजुराले जनाएकाे छ।