बाजुरामा पहिलो पटक कोरोना संक्रमणबाट दुई वर्षीया बालिकाको मृत्यु ,आमा पनि संक्रमित

काठमाडौं,जेठ,१८ ।बाजुराको जिल्ला अस्पतालकाे आइसोलेसनमा राखिएकि बालिकाे कोरोनाका कारण दुई वर्षीया बालिकाको मृत्यु भएको पुष्टि भएको छ ।

 

जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा उपचाररत उनको आईतवार बिहान मृत्यु भएको थियो । उनलाई १५ गते अस्पताल भर्ना गरिएको थियो ।

 

   
मृतक बालिकाकि आमालाई पनि कोरोना पुष्टि भएको छ । संक्रमित आमा पनि जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा उपचार गराइ रहेकी छन्। मृतकका बुवाको रिपोट भने नेगेटिभ आएको छ।

 

मृतक वालिका आमा र बुवालाई जेठ १५ गते आइसोलेसनमा राखिएको थियो । तिनै जनाको स्वाब धनगढी पठाईएको थियो ।