एकैदिन कोरोना संक्रमण १६६ जनामा पुष्टि,संक्रमितको संख्या १,५६७ पुग्यो

काठमाडौं,जेठ,१८ ।नेपालमा पछिल्लो २४ घण्टा थप १६६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

 

याे सँगै कुल संक्रमितको संख्या १ हजार ५६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनले जनाएको छ ।

 

संक्रमित मध्ये १४५० जना पुरुष र ११७ जना महिला रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।