कोरोना संक्रमण जितेर २५ जना घर फर्किए

बुटवल,जेठ, १९ । कोरोना संक्रमिण थपिने क्रमसँगै निको भएर घर फर्किने क्रम पनि बढ्दै छ । आज रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा भर्ना भएका २५ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

 

कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएका २५ जना सबैले कोरोनालाई जितेर घर फर्किएका छन्।
  डिस्चार्ज हुनेहरुमा ४ वर्ष र १० वर्षकी बालिका सहित २२ जना पुरुष र तीनजना महिला छन् ।

 

२५ जना मध्ये रुपन्देहीको गैडहवा गाउँपालिकाका एकै परिवारका तीन महिलासहित १० जना, लुम्बिनी सांस्कृतिक नगरपालिकाका ५ जना, सिद्धार्थ नगरपालिकाका एकजना छन् ।

 

यस्तै कपिलवस्तु नगरपालिका कपिलवस्तुका ४ जना, कपिलवस्तुकै विजयनगर गाउँपालिकाका एकजना, भारतीय नागरिक एकजना, नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकाका एकजना र सुस्ता गाउँपालिकाका दुई जना रहेका अस्पताल स्राेतले जानकारी दिएकाे छ।