थप २२६ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या १७९८ पुग्यो

काठमाडौं,जेठ,१९ ।नेपालमा कोरोना भाइरसका संक्रमित थपिने क्रममा पछिल्लो २४ घण्टामा २२६ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २२६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

 

जसमा २ सय १३ जना पुरुष र १३ जना महिला रहेका छन् ।  याे सँगै नेपालमा कोरोना संक्रमितको सख्ंया १७९८ पुगेको छ । उनीहरु मध्ये ८ जनाको मृत्यु भएको छ भने २२१ जना निको भएर घर फर्किएका छन् ।