कालिकोट जिल्लाको नरहरिनाथ सडक खण्ड औपचारिक उद्घाटन नहुदै जिप दुर्घटना


कालिकोट,जेठ ,२१। कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका अन्तर्गत वडा नं १ को लालिघाटमा औपचारिक रूपमा सडक उद्घाटन नहुदै बोलेरो जिप दुर्घटना भएको छ। दुर्घटना परि चालकको घटना स्थलमै मृत्यु भएको छ भने अर्का घाइतेलाइ उपचारको लागि जिल्ला अस्पताल कालिकोट लगिएको छ।

 

नेपाली सेना कर्णाली करिडोर निर्माण कार्यदल लालिघाट व्यारेक नजिकैबाट कर्णाली करिडोर अन्तर्गतको लालिघाट बजारमा रारा मानसरोवर यातायात प्रालीद्धारा सञ्चालित कर्णाली प्रदेश ०२/०००१ ज ००३० नम्बरको बोलेरो जिप ३ सय मिटर तल लालिघाट बजारको पेट्रोलपम्पमाथी खसेको हो ।

 

लालिघाट बजारबाट नरहरिनाथ गाउँपालिका तर्फ दैनिक उपभोग्यका सामानहरु लिएर आउदै गरेको जिपका मालिक,चालक राष्कोट नगरपालिका वडा न‍ं १ निवासी डबल शाहीको घटनास्थलमै निधन भएको र नरहरिनाथ गाउँपालिका वडा न‌ ३ निवासी शिक्षक पुर्ण प्रसाद उपाध्याय सक्त घाईते भएको र उनलाई जिल्ला स्वास्थ्य कार्यालय कालिकोटमा उपचार भईरहेको स्थानीय गणेश विष्टले जानकारी दिए ।

 

उक्त सडक लालिघाट देखि नरहरिनाथ गाउँपालिकासम्मको सडकको रुट अनुमति नभई यातायातका साधनहरु सञ्चालनमा आएको छोटो समय भएको थियो ।