कोरोना संक्रमण थप १६ जनामा पुष्टि

पोखरा,जेठ २२। कोरोना भाइरस संक्रमण बिहिबार थप १६ जनामा पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ ।

 

सामाजिक विकास मन्त्रालयल, स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको बिज्ञप्ति अनुसार बाग्लुङ, स्याङ्जा, म्याग्दी र पर्वतमा गरी थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएकाे छ।