विश्व नै एउटा हातमा भएको वेला: विपद्को साथी रेडियो

काठमाडौ,जेठ २२। अहिले जमाना बदलिएको छ । पहिला रेडियो, टेलिभिजन नहुनेका घरमा अहिले वाइफाई र इन्टरनेट छ । त्यो भएपछि कुरै सकियो । विश्व नै एउटा हातमा ।

 

नेपालमा वि.सं. २००७ मा रेडियो नेपालको औपचारिक प्रसारण शुरु भएको थियो । हाल नेपालमा करिब ६ सय बढी एफएम रेडियो रहेको भनिन्छ ।

 

वास्तवमा भन्नुपर्दा नेपालमा एफएम रेडियोको संख्यामा वृद्धि हुँदै गएको छ । हालसम्म थुप्रैलाई रेडियो सञ्चालन गर्ने इजाजतपत्र मिलिसकेको अवस्था छ । धेरैजसो रेडियोहरु अहिलेसम्म नियमित सञ्चालनमा पनि छन् ।

साँच्चै नै रेडियो त्यो माध्यम हो जसमा मानिसका दुःख–सुखमा हरपल साथी बनेको हुन्छ । किनकि समाजमा घटेका वास्तविक घटनाहरूको उजागर गर्दछ । यसले समाजमा जनचेतना जगाउनुका साथै समाज परिवर्तन र विकासको रूपमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

रेडियोमा प्रसारण हुने जुनसुकै कार्यक्रमले पनि समाजमा एक किसिमको सन्देश बोकेको हुन्छ र त्यसको उजागर पनि गरेको हुन्छ । कुनै पनि घटनाक्रममा जस्ताको त्यस्तै सत्यतथ्यको खोज गरिएको हुन्छ तर यो भन्न खोजेको होइन कि केवल रेडियो माध्यम मात्र सबै कुरामा सक्षम छ ।

बदलिँदो समयसँगै टेलिभिजन, इन्टरनेट माध्यम पनि उत्तिकै सक्षम र सबल छ तर रेडियो त्यस्तो माध्यम हो जहाँ जे काम गर्दा पनि हरपल र हरक्षण साथ दिन्छ । रेडियोमा प्रसारण हुने कार्यक्रम शायदै टेलिभिजन अथवा इन्टरनेटले पनि त्यति सरल मिठासपन दिँदैन ।

कारण बच्चादेखि वृद्ध उमेर समूहलाई लक्षित गरी कार्यक्रम प्रसारण गरिन्छ । किनकि रेडियोमा त्यो माधुर्यता छ, जसले श्रोतावर्ग सजिलै रेडियोप्रेमी बन्दछन् ।

 

जहाँ इन्टरनेट पहुँच पुगिसकेको छ, त्यहाँ रेडियो माध्यम पनि बिस्तारै–बिस्तारै सुस्ताउन थालिसकेको छ । किनकि कहीँ–कतै घटना भइहाल्यो भने सबैभन्दा पहिले इन्टरनेटमा आएको हुन्छ, समाचार सम्बन्धित ठाउँमा नपुग्दै आज हरेक मानिसको मन मस्तिष्कमा खबर पुगेको हुन्छ ।तर जब–जब संकट र विपद्को समय आउँछ त्यति बेला सबैभन्दा उपयोगी सञ्चारमाध्यम रेडियो नै हुने गरेको छ ।

 

नेपालमा २०७२ सालको भूकम्पमा सबै टेलिभजन, पत्रपत्रिकाहरु सञ्चानमा समस्या परिरहेका बेला जनताको आवाज बन्ने र सरकारको सूचना जनतासम्म पु¥याउन रेडियोले महत्वपूर्ण भूमिका खेखेको थियो ।

अहिले विश्व कोरोना महामारीसँग जुधिरहेको छ । विद्यालयहरु बन्द छन् । अधिकांश ग्रामीण भेगहरुमा सूचनाको स्रोत भनेकै रेडियो हो । हाल विद्यार्थीको सिकाइका लागि रेडियोबाट नै पिवद्यालयहरुले कक्षा सञ्चालन गरिरहेका छन् । तसर्थ विपद्को साथी रेडियोको महत्व बुझ्नु आवश्यक छ ।

हामीले समयसँगै विचार परिवर्तन गरी सञ्चार क्षेत्रका हरेक माध्यमलाई सहर्ष स्वीकार गरेर विज्ञान र प्रविधिको सदुपयोग गर्नुपर्दछ ।नेपाल समचारपत्रबाट,