मुगुमा पहिलो कोरोना संक्रमित भेटिए

 

मुगु,जेठ २२। मुगु जिल्लमा पहिलाे काराेना संक्रमित भेटिएका छन् । खत्याड गाउँपालिकामा २ का २७ बर्षका पुरुषमा कोरोना  संक्रमण पाजेटिभ देखिएकाे हाे । उनिहरू केही दिन अगाडी मात्र भारत बाट आएका थिए ।

 

भारतबाट आएकाहरू ४८ जनाको स्वाब संकलन गरि कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला पठाइएको थियो। जुम्ला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका अनुसार ४७ जनाको रिर्पोट नगेटिभ आएको र १जनाको पिसी आर पोजेटिभ आएको खत्याड गाउँपालिका स्वास्थ्य शाखाले बताएको छ ।

 

पोजेटिभ देखिएका व्यक्तिलाइ आइसूलेसमा राखिने तयारी भैरहेको गाउँपालिकाकाे स्वास्थ्य शाखाले जानकारी दिएकाे छ। अहिले संक्रमितको अबस्था सामान्य रहेको हेल्थ डेक्समा कार्यरथ स्वास्थ्यकर्मी बिर्ख रावलले जानकारी दिएका छन्।