सिंहदरबार,बालुवाटार,नारयणहिटी र सितलनिवास पनि क्वारेन्टाइन स्थल बनाएर व्यवस्थापन गर्नुपर्छ ?

सिंहदरबार,बालुवाटार,नारयणहिटी र सितल निवासलाइ पनि क्वारेन्टाइन स्थल बनाएर व्यवस्थापन गर्नुपर्छ किनभने अब जनतालाई उचित र न्युनतम सेवासुविधा पुरा भएको क्वारेन्टाइनको आवश्यकता परेको छ ।

अब सबै विदेशबाट आएका नेपाली र स्वदेशमा रहेका जनतालाइ यी सबै ठाउँमा ब्यावस्थापन गरेर क्वारेन्टाइनमा राखिनुपर्छ । उनिहरु सबैको पिसीआर बिधिबाट परिक्षणको दायरा बढाउनु पर्छ लक्डाउनको आज ७३ दिन बितिसक्दा पनि नेताहरु राजधानी केन्द्रित भएर निर्णय गर्ने काम बाहेक अरु केहि उपलब्धि गरेकाे देखिदैन ।

जनताहरुलाइ गाउँ – गाउँमा क्वारेन्टाइन व्यवस्थापन छ भनेर झुक्याउनु गलत हो जनताहरु भोक, प्यास केहि नभनि ज्यान जादासम्म पनि तपाईंहरु आजभोलि गणतन्त्रको कुन दुलोमा हुनुहुन्छ ।

गाउँ – गाउँमा गाइ,भैसी जनावर बस्ने गोठमा क्वारेन्टाइन स्थल बनाएर ठगि गर्ने परम्परा चलिरहेको छ। यस्तो संबेदनसिल कुरामा राज्य गैरजिम्मेवार कहिले सम्म बन्ने ?

जनताहरु आफ्नो कठिन दिनहरु त्यसमै बिताईरहेका छन् त्यसैले अब नेताहरु आफ्नो महलमा सुरक्षित भएर बस्ने होइन जनताको लागि क्वारेन्टाइन स्थल बनाएर व्यवस्थापन गरेको देखिदैन पहुच हुने नेताहरुको भित्र – भित्र परिक्षण भै सक्यो तपाईहरु सबैको आफ्नो परिक्षण त् भयो तर जनताको परिक्षण खै?

परिक्षणको त् के कुरा क्वारेन्टाइन सम्मको उचित व्यवस्थापन छैन सायद यही होला जनताको प्रतक्ष्य शासन अझै अवस्था भयाबह हुदै गहिरहेको छ।

त्यसैले समयमै ध्यान केन्द्रित होस् होइन भने भयबह रुप लिन सक्छ पूर्वतयारी र आगामी दिनका कार्ययोजनाहरु खासै जनतामुखी देखिदैनन त्यसैले जनतालाई प्राथमिकतामा राख्नुहोस यो समयमा सिमा फिर्ता बारे कुटनीतिक पहल गर्ने हो।

यहाँ प्रचारप्रसार गरेर जनता भुलाउने काम बन्द गर्नुपर्छ , भ्रष्टाचार जताततै छ, एमसीसी पारित गर्ने यो उचित समय होइन यस्तो महामारीको बेला जनताप्रतिको दुख कस्टलाइ आत्मबोध गरेर जनताको सेवामा खट्नुहोस।

अन्त्यमा कोरोना कहरमा हाईल्यान्डर गाडी, जिमखाना, गलैंचा, कर, सामुदायिक बिद्यालयको जिम्मा निजिलाई दिने सरकारी निर्णयलाइ आत्मसात गर्न सकिदैन। त्यसैगरी अग्रपंतिमा खटिएका स्वास्थ्यकर्मी,सुरक्ष्याकर्मि,संचारकर्मी र विभिन्न संघ संस्थाहरुको उचित व्यवस्थापन गरिनुपर्दछ। सबै मिलेर यो महामारी विरुद्ध एक भएर लडौ र बिश्व शान्तिको कामना गरौ! जय युवा ,जय देश ,जय नेपाल !