नेकपा (क्रान्तिकारी माओवादी)द्वारा अमेरिकाका उत्पीडित अश्वेत जातिले चलाउँदै आएको न्यायपूर्ण आन्दोलनप्रति ऐक्यवद्धता

गत मे २५, २०२० का दिन संयुक्त राज्य अमेरिकाको मिनिएपोलिस शहरमा एकजना अश्ेवत जातिका व्यक्ति जर्ज फ्लोयडको प्रहरी हिरासतमा अत्यन्त अमानवीय, क्रुर र गैरन्यायिक हत्या गरिएकोछ । यो हत्या अमेरिकामा ऐतिहासिक कालदेखि चल्दै आएको उच्च जातीय अहङ्कारवादको चरम अभिव्यक्ति हो । नेकपा (क्रान्तिकारी माओवादी)ले गोराहरुको यस्तो उच्च जातीय अहङ्कारवाद र विशेषतः यस विभत्स हत्याको घोर विरोध तथा भत्र्सना गर्दै प्रेस–वक्तव्य जारी गरेकोछ, जसको पूर्ण पाठ तल दिइएकोछ :

प्रेस–वक्तव्य

गएको मई २५, २०२० का दिन संयुक्त राज्य अमेरिकाको मिनिएपोलिस शहरमा एकजना अश्ेवत जातिका व्यक्ति जर्ज फ्लोयडको प्रहरी हिरासतमा भएको अत्यन्त अमानवीय, क्रुर र गैरन्यायिक हत्याप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । अमेरिकामा ऐतिहासिक कालदेखि नै जातिवादको समस्याले जरा गाडेको छ र त्यहाँ अश्वेत जातिका मानिसहरु गोरा जातिबाट अत्यन्तै उत्पीडित रहिआएका छन् । अहिले घटेको उक्त घटना त्यही उच्च जातीय अहङ्कारवादको चरम अभिव्यक्ति हो । हाम्रो पार्टी सामान्यतः गोराहरुको उच्च जातीय अहङ्कारवाद र विशेषतः यस विभत्स हत्याको घोर विरोध तथा भत्र्सना गर्दछ ।

यतिवेला अमेरिकामा त्यहाँका अश्वेत जातिका मानिसहरुले उक्त हत्याको विरुद्ध देशव्यापी विरोध प्रदर्शन गरिरहेका छन्। तर शान्तिपूर्ण आन्दोलन मार्फत् त्यहाँका जनताले उठाएका न्यायपूर्ण मागहरुको उचित सम्बोधन गर्नुको साटो राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनालाई खटाएर आन्दोलनको दमन गर्ने धम्की दिइराखेका छन् । यस स्थितिमा त्यहाँको जातीय समस्यालाई राजनीतिक तरिकाले समाधान गर्न हाम्रो पार्टीले अमेरिकी सरकारसंग जोडदार माग गर्दछ र उत्पीडित अश्वेत जातिले चलाउँदै आएको न्यायपूर्ण आन्दोलनप्रति ऐक्यवद्धता जाहेर गर्दछ ।
जेठ २२, २०७७
किरण
महासचिव
नेकपा (क्रान्तिकारी माओवादी)