उच्चस्तरीय समन्वय समितिले जेठ २५ देखि छोटो दुरीका सवारी चलाउने प्रस्ताव: यसरी खुल्दैछ लकडाउन

 काठमाडौं २३ जेठ,। सरकारकाे उच्चस्तरीय समन्वय समितिले कोरोना भाइरसका १०० भन्दा कम सक्रिय केस भएका जिल्लामा जेठ २५ गतेबाट छोटो दुरीका यात्रुबाहक सवारी सञ्चालन गर्ने प्रस्ताव गरेको छ ।

 

समितिले चरणवद्धरुपमा लकडाउन खुकुलो बनाउने योजना रहेकाे छ,जसमा जिल्ला नकट्ने र सवारी साधनको क्षमताभन्दा आधा मात्र यात्रु एक पटकमा राख्ने गरी छोटा दुरीका सवारी साधन सञ्चालन गर्ने प्रस्ताव गरिएको छ भने असार १ बाट सिट क्षमताका आधा संख्यामा यात्रु राख्ने गरी लामो दुरीमा यात्रुबाहक सवारी साधन सञ्चालन गर्ने प्रस्ताव गरिएकाे छ।

  

  कोरोना संक्रमणको सयभन्दा बढी केसहरु भएका जिल्लामा यो मापदण्ड लागू हुने छैन । साथै, उच्चस्तरीय समितिले तयार पारेको यो प्रस्तावलाई मन्त्रिपरिषदले स्वीकृत नगर्दासम्म सार्वजनिक यातायात चल्ने छैनन्।

उच्चस्तरीय समितिको प्रस्तावको मस्यौदा