मेरो स्वामीकार्तिक गाउँपालिकामा मैले देखेका सपना र सम्भावना 

 – लाेकेन्द्र  बहादुर शाही,

बाजुरा जिल्ला कार्यसमिति सचिव- समाजवादी पार्टी नेपाल

लकडाउन डायरी

मेरो देश गाउँ वा पालिकाको पर्याय हो। ती मध्ये मेरो गाउँपालिकाको नाम स्वामिकार्तिक खापर गाउँपालिका हो। नामै काफी छ! प्रकृति साची छ ! म जुन पालिकामा जन्मे हुर्के त्यो भू-स्वर्गभन्दा कम छैन । एउटा आदर्शतम मूल्य,मान्यता र प्राकृति जिवनशैली बोकेको मेरो गाउँपालिका कति प्रिय छ। त्यसलाई म शब्दमा व्यक्त गर्ने सक्दैन, मेरो लागि त्योभन्दा ठूलो,त्योभन्दा अग्लो ,त्योभन्दा अटल र चौडा ठाउँ अन्त कतै छैन ।

 

जहाँ महिले अँखा खोले त्यहाँ मैले पहिलो पटक सर्वस्व देखे,मेरा लागि त्यो भन्दा समीप र सुन्द्रर अरु केही थिएन । त्यही हो मैले चिनेको वा पाईला टेकेको प्राणाप्रिय जन्म दाता मेराे ठाउँ जिवनको पहिलो मूल्य जन्मलाई मान्य हो भने त्यसको पर्याय हो मेरो गाउँपालिका, शहरभन्दा टाढाको क्षेत्र ,दुर्गम ठाउँ ,सानो बस्ती,कृषक  कर्म गर्ने,निमुखाहरुको बसोबास रहेको ठाउँ सुदुरपश्चिकाे सुदुर अबिकासले एकलौटी राज्य गरेको सिमान्त सुदूरपश्चिम प्रदेश आदि प्राचीन परिभाषाहरु मात्र मेरो गाउँपालिकाका लागि सुहाउँदो र स्विकार्य परिभाषा होइन।

प्रकृति,सभ्यता, शिष्टता र प्रकृतिमय प्रमपरागत लोक सास्कृती मेरो गाउँपालिकाको आकर्षक हो,पाखा पर्वत ,कान्ला,भित्ताको रुखो र शुष्क जिन्दगी मेरो गाउँपालिकाको दर्शन होईन,पाटन ,झरना खोला नाला,हरियाली ,रंगीचंगी डाडापाखा उर्वर भुमी र चिस्यानमय जिन्दगी पनि मेरो गाउँपालिकाको आत्मा हो।

मेरो गाउँपालिका चानचुने होईन ,महान जादुगर जत्तिकै आनन्द र आश्चर्यका छ्टाहरु छर्न लोकेण्द्र ल्याण्डको पुण्यभुमी हो,यहि पुण्य भुमिमा मेरो विगत,वर्तमान, भाग्य र भविष्य कोरियको छ।

अभाव अशिक्षा ,अन्धकारका छर्राहरु गाउँपालिकाभरि छरिएका हुनसक्छन् ,यिनै विरुद्ध जुध्ने अभियानमा मेरो गाउँपालिका लाग्नु पर्छ,मेरो गाउँपालिकाले समृद्धिका नयाँ – नयाँ विकल्पहरुको खोजी गर्नुपर्छ र खोज्न प्रयत्नशील पनि छ।

प्रकृतिसङ मिल्दोजुल्दो ब्यवसायी सिर्जना गरि बेरोजगारी घटाउने र आत्मनिर्भर बनाउने नयाँ सम्भावनाको खोजी मेरो गाउँपालिकाको एक मात्र लक्ष्य हुनु पनि पर्छ। त्यसैले मेरो गाउँपालिकालाई गरिबिको उपाधी मन पर्दैन।

गाउँपालिकाको पनि निजि परिचय र उद्देश्य हुन्छ ,त्यसैले मेरो पालिका पनी परिचय र उद्देश्यविना बाँचेको कुहिरको काग होईन ।

स्वागत, सम्मान,सु-सस्कार र समृद्धिले भरिएको मेरो गाउँपालिका खाली स्रोतको परिचालन र दुरदृष्टिको खाचो छ,मेरो गाउँपालिका तेजोबध चाहदैन।

 

चाहन्छ एउटा सुशिष्ट,मूल्य मान्यता र सु-सम्पन्नताको आदर्श  अँखा हेरिरहेका गाउँलेहरुलाई निदायको भन्न मिल्दैन ,अनि बत्ती बलिरहेको ठाउँलाई अँध्यारो भन्न पनि सकिदैन ।

 

सम्भावनारहित क्षेत्र कुनै र कतै पनि हुदैन त्यसैले एउटा बन्जर भुमिका रुपमा गाउँपालिकालाई हेर्नू त्रुटिपूर्ण छ,दुस्खदायी छ र अकर्मण्यतापुर्ण छ।

लकडाउन डायरि क्रमशः-

जिवनका उचाई र निचाइहरु जहाँ पनि हुन्छन् तलमाथी जहाँ पनि हुन्छन् तर समयको बलले कुनै कुरा स्थर रहदैन त्यसैले मेरो गाउँपालिका हिजो आजको कोरोना सङ र भोलिका उपलब्धिहरुको समिक्षा गर्न र सम्भावना हेर्न धारिलो बिचार लिएर अघि बढ्न जरुरी छ। विकास ,विश्वास र विचारको त्रिवेणि हो मेरो गाउँपालिका त्यसैले त मेरो पालिकालाई म आफू जत्तिकै प्रिय ठान्छु अनि देशलाई पनि प्रियताको सिमाना र गाउँपालिकाकाे सिमाना सम्मान छन्।

 

त्यस्तै देशको सिमाना पनि सम्मान हुनु पर्छ मेरा लागि मेरो पालिका र देश अमरत्त्वको प्रतीक हो जसलाइ म मुखले भन्दा मुटु र मस्तिष्कले बढी समृद्ध पाउन्छु ,म पालिका र मेरो देश कुनै भेद पाउदिन त्यसैले त मेरो पालिका र देश गाउँ – गाउँ मात्र नभएर स्वगै स्वर्गको उपहार हो। यस्तो गाउँपालिका र मेरो देश देखेर नलोभिने को छ र?

हामिलाई फेरि आफ्नै गाउँ आफै बानाउने समय जुरेको छ हातेमालो गरौ,कोरोनासङ नडरौ,सामाजिक दुरि कायम राखौ माक्स लागाऔ सरसफाइमा ध्यान दिऔ,यो समय मिल्दो फाइदा लिऔ।
सरकारको हभिगत त देखि सक्यौ घरभित्रै थुलेर आफुलाई मोज गर्ने रुपियाँ पैसा छिटो देउ नत्र कार्वाही हुन्छ ।जय देश जय मार्तिभुमि