खत्याड गाउँपालिकाले विद्यालयमा क्वारेन्टाइन बनाउदा स्थानीय आन्दोलित

– गणेश टमटा

 मगु,जेठ २४। मुगुकाे खत्याड गाउँपालिकाले विद्यालयमा क्वारेन्टाइन बनाएको भन्दै स्थानीय बासिन्दा आन्दोलित भएका छन् ।गाउँपालिकाकाे वडा नं. ७ मा अवस्थित श्री लोकप्रिय माध्यामीक बिधालय गम्थामा क्वारेन्टाइन बनाएकाे भन्दै त्यहाँका स्थानीयले विराेध गरेका हुन । भारतबाट आएका नागरीकलाइ विद्यालयमा क्वारेन्टाइन बनाएर राखेपछि स्थानीय बासिन्दा आन्दोलित बनेका हुन ।

 

नेपाल सरकारको मापदण्ड अनुसास प्रत्यक सरकारी बिद्यालयमा क्वारेन्टाइन निर्माण गरि नागरिक राख्न पाउने भएको हुदा गाउँपालिकाले बिद्यालयमा क्वारेन्टाइन बनाएको खत्याड गाउँपालिका अध्यक्ष उब्जन बहादुर शाहिले बताउनु भयो ।

 

खत्याड गाउँपालिकाका प्रत्यक बिद्यालयमा क्वारेन्टाइन निर्माण गरिएको र कभभ परिक्षा संचाल गर्नको लागि खत्याड गाउँपालिकाले मष्टामहादेब मा.वि रातापानी,सर्वाेदय मा.वि सुकाढिक,लोकप्रिय मा.वि गम्था र कालीका मा .वि बुगालाई क्वारेन्टाइन बनाएको थिएन ।

 

तर भारत बाट आउने र क्वारेन्टाइनमा बस्नेको संख्या बढेपछि व्यवस्थापनमा गाह्राे भएको हो । कोरोना भाईरसले कक्षा १० को एसइइ र अन्य परीक्षा हुने सम्भावना नभए पछि गाउँपालिकाले बाँकी रहेका सरकारी बिधालयमा क्वारेन्टाइन बनाएको गाउँपालिका बिपद ब्यावस्थापन समितीले बताएको छ।