सोती ( चौरजहारी ) नरसंहार : विश्व मानव सभ्यतामाथि कलंक

 विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको प्रतिनिधिमूलक संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार  केन्द्र  काठमाडौं , नेपाल ( International Writers And Journalists Centre Kathmandu , Nepal ) ले  जातीय विभेद र पुरानो ब्राह्मणवादी सोंच र तिन्तनद्वारा निर्देशित तथा हिन्दु उच्च जातीय अहंकारवादमा आधारित सामन्ती ब्राह्मणवादी राज्यसत्ताले वर्गीय , जातीय , लिंगीय र सामन्ती साँस्कृतिक शोषण , उत्पीडन तथा अत्याचार नेपाली समाजमा कायम रहदै आएका कारण यही २०७७ साल जेठ १० गते साँझ ६ बजेतिर पश्चिम रुकुम , चौरजहारी नगर पालिका वडा नम्बर ८ , सोती गाउँमा जाजरकोट जिल्ला , भेरी नगर पालिका वडा नम्बर ४ राणा गाउँका नवराज बिक र गणेश बुढामगर ,सन्दीप बिक , लोकेन्द्र सुनार , टिकाराम सुनार , गोविन्द शाही गरी छ जना युवाहरुको मध्ययुगिन हत्याकाण्डहरु र नरसंहारहरुलाई संझाउने गरी दलित भएकै कारण कथित उच्च जाति भनिएका ठकुरी जाति सहितको ठूलो समुहले नरसंहार गरेको ठहर गरेको छ ।
 
 किनकि जाजरकोट जिल्ला , भेरी नगर पालिका वडा नम्बर ४ राणा गाउँका २१ वर्षीय नवराज बिक र पश्चिम रुकुम जिल्ला , चौरजहारी नगर पालिका वडा नम्बर ८ सोती गाउँकी १७ वर्षषीया सुषमा मल्लका बिच लामो प्रेम सम्बन्ध कायम रहदै आएको र अन्तिममा दुबै बिच विवाह सम्बन्धमा बाँधिनका लागि नवराज बिक सहित १८ जना युवाहरुक‍ो टोली सुषमा मल्लको घर सोतीमा पुगे लगत्तै दलित भएकै कारणले उनीहरूमाथि उक्त नरसंहार मच्चाइएक‍ो पुष्टि भएको छ ।
 
 बिक जातका युवा र कथित माथिल्लो जाति भनिएको ठकुरी जातकी सुषमा बिच प्रेम बिवाहको विषयलाई आधार बनाएर जातीय विभेदका कारण उक्त निरसंस , पाशकिक , जघन्य तथा नरसंहारकारी हत्याकाण्डलाई हाम्रो संगठनले आजको २१ शताब्दीको समानतामूलक र सभ्य विश्व मानव सभ्यतामाथिकै कलंकका रुपमा परिभाषित गर्दछ  ।
 
  र ,जबसम्म विश्व मानव समाजमा यस्ता खाले वर्गीय ,जातीय ,लिंगीय शोषण ,उत्पीडन र अत्याचारको अन्तत्य गरेर  वैज्ञानिक समाजवादी विश्व समाज व्यवस्था स्थापना पछि मात्र हजारौं वर्षदेखि समाजमा विद्यमान जातीय विभेद र छुवाछूतको पूर्णरूपमा अन्त्य हुने कुरामा हाम्रो संगठ प्रतिबद्धता व्यक्त गर्न  चाहन्छ ।
                    क्रान्तिकारी अभिवादन सहित 
 
                               ( हस्तबहादुर केसी )
                                         अध्यक्ष 
                  अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र   काठमाडौं , नेपाल ( International Writers And Journalists  Centre  Kathmandu , Nepal )