देशभर कहाँकहाँ कति थपिए संक्रमित : थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३,२३५ पुग्यो, मृतकको संख्या १३ पुग्यो

 काठमाडौं ,जेठ,२४। नेपालमा पछिल्लो २४ घण्टामा थप ३२३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । याे सँगै कुल संक्रमितको संख्या ३२ सय ३५पुगेकाे छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कैलाली र डोल्पामा गरी दुई जनाको कारोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको छ । यससँगै कोरोना संक्रमणका कारण नेपालमा ज्यान गुमाउनेहरुको सख्या पनि १३ पुगेको छ ।

कहाँकहाँ थपिए संक्रमित 

आज थपिएका संक्रमितहरु मोरङका ६, सुनसरीका ५, सप्तरीका ८, नवलपरासीका ३, बाँकेका १२, बर्दियाका २८, कास्कीका ३, स्याङ्जाका १०, बागलुङका १, बझाङका ६, कञ्चनपुरका २, अछामका १, कैलालीका २, डडेलधुराका १, दैलेखका ४७, डोल्पाका १ जना छन् ।

 

त्यसैगरी सुर्खेतका १०, जाजरकोटका ४, सल्यानका ३८, अर्खाखाँचीका १, नवलपरासीका २, रुपन्देहीका ३, भक्तपुरका १, धनुषाका ८, कपिलवस्तुका ३९, काठमाडौंका ४, महोत्तरीका ३५, रौतहटका ६ र सर्लाहीका २७ जनामा संक्रमण पुष्टि भएको छ ।

 

हालसम्म क्‍वारेन्टाइनमा रहनेको संख्या १ लाख ६८ हजार ३१ रहेको छ । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या २ हजार ८५७ जना छ ।

 

पिसिआरबाट ९२ हजार ४ सय ७७ र आरडिटीबाट १ लाख ३७ हजार ४ सय ३५ जनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । हालसम्म ७० जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

 

संक्रमण पुष्टि भएकाहरुमध्ये हालसम्म ३ सय ६५ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ । आज ३२ जना डिस्चार्ज भई घर फर्किएका छन् । पुरुष २९९ र महिला ६६ जना रहेका छन् ।

 

आज डोल्पा र धनगढीमा दुई जनाको मृत्यू भएको छ । यो सँगै १३ जना कोरोनाबाट मृत्यू भएको छ । यसअघि सिन्धुपाल्चोक, बाँके, गुल्मी, बारा, ललितपुर, अर्घाखाँची, दैलेख, बाजुरा, दोलखा, पाल्पा र सुर्खेतमा एकरएक गरी ११ जनाको मृत्यु भएको छ ।