देशभर ३३ जना प्रहरीमा कोरोना संक्रमण, कुन -कुन ठाउँ कति संक्रमित

 

काठमाडौं,जेठ २५। नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । देशभर संक्रमितको संख्या बढिरहँदा प्रहरीमा पनि संक्रमण देखिएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार देशभर कोरोना संक्रमित प्रहरीको संख्या ३३ पुगेको छ ।

 

जसमध्ये कपिलवस्तुमा कार्यरत प्रहरीमा २, बारामा ७, धनकुटामा २, बाँकेमा १, धनुषामा ९, सप्तरीमा २, सिराहमा २ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै सर्लाहीमा १, जुम्लामा २, जाजरकोटमा १ र काठमाडौं उपत्यकामा ४ प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको हो।

 

प्रहरी प्रवक्ता डीआईजी नीरज शाहीका अनुसार संक्रमित ३३ मध्ये १४ जनाले कोरोना जितेर डिस्चार्ज भइसकेका छन् । अन्य सबैको आइसोलेसनमा राखेर विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।