नेपालमा थप ३ सय १४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ३७६२ पुग्यो

काठमाडौं,जेठ,२६ ।  नेपालमा थप ३ सय १४ जनामा कोरोना संक्रमण पुष्टि  भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब  कोरोना संक्रमितको संख्या ३७ सय ६२ पुगेको छ ।

 

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार सोमबार संक्रमित भेटिएकामध्ये २ सय ९४ जना पुरुष र २० जना महिला रहेका छन्।